१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीका स्थानीय तह किट खरिद गर्दै

संघीय र प्रदेश सरकारले आरडिटी किट पठाउन छोडेपछि बैतडीका स्थानीय तह आँफैले किट खरिद गर्न थालेका छन्। क्वारेन्टिनमा बसेका नागरिकको कम्तिमा आरडिटी परीक्षण गर्नै पर्ने भएकाले किट किन्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।

प्रदेश सरकार र संघीय सरकारबाट तत्काल किट प्राप्त हुने अवस्था नभएपछि धनगढीबाट किट किन्ने निर्णय गरेको उनले बताए। पाटन नगरपालिकाले चार सय किट खरिद गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। क्वारेन्टिनमा बसिरहेका नागरिकको आरडिटी परीक्षणका लागि किट खििरद गरिएको हो।  

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि तत्कालका लागि २ सय आरडिटी किट खरिद गरेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आफै किट खरिद गर्ने तयारी गरेका छन्। बैतडीमा जिल्लामा शनीबार ३ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App