९ मंसिर २०८१ आइतबार
image/svg+xml

नूरप्रसादद्वारा अदालतमा तोडफोड

उच्च अदालत पाटनले आइतबार दुई नम्बर इजलासमा विन्दु धतानी सुनारका ५ वटा मुद्दा छिनेको थियो। जग्गा किचोला, घर खाली गरी वहाल भराईपाउँ, हक कायम गराइपाउँ लगायतका एउटै व्यक्तिका ५ वटा मुद्दाको फैसलामा न्यायाधीशहरू हस्ताक्षर गर्दै थिए । इजलास अधिकृत कम्प्युटरमा काम गर्दै थिए ।

लापरवाहीले सुत्केरी मृत्यु भएको भन्दै अस्पताल तोडफोड, राजमार्ग अवरुद्ध

उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवनस्थित नमूना अस्पतालमा तोडफोड भएको छ।

अज्ञात समूहबाट तीन आइचरमा आगजनी तथा तोडफोड

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोेहोरे खोलामा अज्ञात समूहले तीन वटा आइचमाथी आगजानी तथा तोडफोड गरेको छ।

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

एसियाली खेलकुद हुने रंगशाला तोडफोड

इन्डोनेसियाका आक्रोशित फुटबल समर्थकले अर्काे महिना एसियाली खेलकुद खेलाउने तयारीमा रहेको गेलोरा श्रीविजया रंगशालामा तोडफोड गरेको इन्डोनेसियाका अधिकारीहरूले जनाएका छन्।

नगर प्रमुखको घरमा तोडफोड

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ। यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको गाडी तोडफोड

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ।

ठेक्काको विरोधमा गाउँपालिका कार्यालय तोडफोड

पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्। गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले मिलेमतोमा बिनयिखोलाको ठेक्का दिन लागेको भन्दै स्थानीयले तोडफोड गरेका हुन्।

पद्मावतको ‘आक्रामक’ व्यापार, अजयको हलमा तोडफोड

विहीबारबाट प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले विश्व बजारमा आक्रामक व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार वितरक तरुण आदर्शले ट्वीटरमार्फत फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा मात्रै ५६ करोडको व्यापार गरेको जानकारी दिएका छन्।

आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् ।

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

धनकुटामा प्रहरीको गाडी तोडफोड

धनकुटामा बजार बन्द गराउँदै हिंडेका आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। गाडी र पसल बन्द गराउँदै हिडेका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रोशित आन्दोलनकारीले रोकेर राखेको प्रहरीको गाडीमा तोडफोड गरेको हुन।

गाउँपालिका बन्द उल्लंघन गरेको भन्दै तोडफोड

गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा उत्रिएका बगुवाका स्थानीयले बन्द उल्लंघन गरेको भन्दै सवारी साधन तोडफोड गरेका छन्। शुक्रवार बन्द आह्वान गरेका त्यहाँका स्थानीयले उलंघन गरेको भन्दै लु ४ त ३६६३ नम्बरको ट्याक्टर र ना १२ प ९०१० नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्