९ मंसिर २०८१ आइतबार
image/svg+xml

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन्।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन्।

राजपा अध्यक्ष मण्डलका सदस्य झाको गाडीमाथि तोडफोड

रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झामाथि दुव्र्यवहार भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको मावि सखुवामा मतदान केन्द्रमा झाको गाडी तोडफोड गर्दै दुव्र्यवहार भएको छ ।

फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा सोमबार तोडफोड भएको छ।

गाडी तोडफोड गर्ने राजपा नेता पक्राउ

राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै भरतीय नम्बर प्लेट भएको जिप तोडफोड गर्ने राजपा नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजपा कार्यकर्ताद्वारा एमाले सांसद साहको गाडीमा तोडफोड

नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन्।

उम्मेदवार छनौटमा असन्तुष्ट एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

पार्टी कमिटीको सिफारिसविरुद्ध मेयर उम्मेदवार छानेको भन्दै नेकपा (एमाले) का कार्यकर्ताले मंगलबार दिउँसो आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

कांग्रेसका बन्दकर्ताद्वारा बसमा तोडफोड

धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ।

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।

किसानद्वारा चिनी उद्योग तोडफोड

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानले बक्यौता भुक्तानी माग गर्दै तोडफोड गरेका हुन्। गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनुपर्ने बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए।

उखुको मूल्य भुक्तानी माग गर्दै चिनी उद्योगमा तोडफोड

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्।

नयाँ शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड, १५ पक्राउ

जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउगरी प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि नयाँ शक्तिका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मोर्चाद्वारा नगरपालिका र जिससमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।

गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्