१० मंसिर २०८१ सोमबार
image/svg+xml

गौतमलाई गोली हानिएको अानन्द बजार नाका तनाबग्रस्त, भारतीयका पसल तोडफोड

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्।

प्रदेश–२ का आठै जिल्लामा बन्दकाे प्रभाव, केही ठाउँमा तोडफोड, वीरगन्जमा झडप

सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ।

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड

मलेठ घटनाको विरोधमा आन्दोलनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा तोडफोड गरेका छन्।

एमाले लहान नगर पार्टी कार्यालय तोडफोड, कागजपत्र आगजनी

सिरहाको लहान-१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

बन्दका क्रममा गुल्मीमा मोटरसाइकल तोडफोड

प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।

केयु भिसी कार्यालय फिल्मीशैलीमा तोडफोड

काठमाडौं विश्वविद्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ। सोमबार बिहान करिब १०ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेका छन्।

मुखर्जीको स्वागतद्वार तोडफोड

पोखराबासी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि प्रतीक्षरत रहँदा इन्द्रचोकमा बनाएको स्वागतद्वार गए राति तोडफोड भएको छ। ‘महामहमि भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई हामी न्यानो स्वागत गर्न चाहन्छौं’, सन्देश अंग्रेजीमा लेखेर बायाँतर्फ नेपाल—भारतका राष्ट्रिय झन्डा तथा दाहिनेतर्फ भारतीय राष्ट्रपति मुखर्जीको तस्विर प्रिन्ट गरिएको द्वारमा अज्ञात समूहले क्षति पुर्‍याएको हो।

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

बंगलादेशमा सोमबार राती हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ। समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भिडले हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरी वृत्तमा तोडफोड

मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा आज तोडफोड गरेका छन् । तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त थिमिको घेराउ गरेका छन् ।

एटिएमबाट पैशा नझरेपछि तोडफोड

एटिएमबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि इटहरीमा सेवाग्राहीले एटिएम नै तोडफोड गरेका छन्।  आइतबार साँझ मादक पदार्थ सेवन गरेका युवाले एभरेष्रट बैंक इटहरी शाखाबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि तोडफोड गरेका हुन्।

हलेसी एफएमकाे उपकरण तोडफोड

नचिनिएका व्यक्तिले खोटाङको सामुदायिक रेडियो हलेसी एफएमको मुढेस्थित मूख्य टावरको जेनेरेटर तोडफोड गरेको छ। सदरमुकाम दिक्तेलबाट डेढघण्टा माथि रहेको मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड हुँदा १ लाख २५ हजार बराबरको क्षती भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्