१० मंसिर २०८१ सोमबार
image/svg+xml

तीन महिना नपुग्दै सहसचिव सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो साता एकैपटक ६३ सहसचिवलाई विभिन्नसरुवा ग¥यो। सरुवा गरिएका केही सहसचिवलेयसअघि सरुवा भएको कार्यालयमा तीन महिना पनि काम गर्न पाएनन्। खटाएको ठाउँमा तीन महिना पनि बस्न नपाउँदै संघीय मन्त्रालयले उनीहरूलाई अर्को कार्यालयमा सरुवा गरेकोहो।

डा. महतको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनुगमन

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ।

कर्मचारीको सरुवा गर्दा आयोगको सहमति अनिवार्य

सरकारले कुनै पनि तहका कर्मचारी सरुवा गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिनैपर्ने भएको छ।

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा

कोभिड १९ महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयभित्रकै दर्जनौं कर्मचारी तथा स्वास्थ्यकर्मी सरुवा र हेरफेर गरेको छ । पटकपटक कामको जिम्मेवारी फेरिएपछि महामारी व्यवस्थापन तथा नियन्त्रणमा समस्या आउन सक्ने विज्ञहरुको राय छ । विभागीयमन्त्री भानुभक्त ढकालले दर्जनौं कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको वैठकले मन्त्रालयका कर्मचारीको हेरफेर गरी सरुवा गरेको छ। जस अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभाग आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालयमा सरुवा गरेको छ भने मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेको हो।

सचिव फेरिरहने मन्त्रालय

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव राखेर प्रशासन सेवाको सचिव राख्न सुरु गरेपछि तीनदेखि पाँच महिनाको बीचमा सचिव परिर्वतन भइरहेको छ । नेपाल चिकित्स संघलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायले स्वास्थ्य सेवाकै सचिव राख्न निरन्तर माग गरिरहे पनि सरकारले प्रमुख विशेषज्ञबाट सचिव बनाउन चाहेको छैन ।

'विरामी र नर्सको मनोबलले कोरोना जितिन्छ'

नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स हेमा थापा कोभिड–१९ सेवाकी नर्सिङ सुपरभाइजर हुन् । डेढ महिनाअघि तीन जना भारतीय व्यक्तिमा कोरोना संक्रमण हुँदादेखि यता हेमा नै संक्रमित विरामीहरुको सेवामा खटिएकी छिन् ।

आधा दर्जन सचिव सरुवा

सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आधा दर्जन सचिवको सरुवा, केहीको बढुवा र पदस्थापन गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ठूलो संख्यामा सचिवको सरुवा गरेको हो।

गृहमा न्यौपाने, अख्तियारमा अधिकारी

सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ। गृहसचिव प्रेमकुमार राईले अवकाश पाउन केही दिन बाँकी छँदा दिएको राजीनामा स्वीकृत भएसँगै मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रिक्त गृहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको हो।

पन्तलाई रमाना दिइएन, पंगेनीलाई लैजाने तयारी

चितवन प्रहरी प्रमुखमा पुस ४ गते सरुवा भएकी एसपी गंगा पन्तको रमाना रोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत एसपी कृष्ण पंगेनीलाई लैजाने तयारी अघि बढेको छ। विवादमा तानिएपछि पन्तको रमाना प्रहरी प्रधान कार्यालयले रोकेको छ।

बढुवा हुन दुर्गममा सरुवा

रोल्पा जिल्ला निजामति कर्मचारीहरुका लागि बढुवा हुने र दुर्गम नम्बर ल्याउने थलोका रुपमा विकास हुन थालेको छ।

जुनसुकै बेला लोकसेवाका कर्मचारी सरुवा

सरकारले लोकसेवा आयोगमा कार्यरत कर्मचारीको जुनसुकै बेला सरुवा गर्न सक्ने व्यवस्थासहित कानुन संशोधनको तयारी गरेको छ।

दुई महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए। रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु भयो। दुई महिना नपुग्दै उनी त्यहाँबाट सरुवा हुन चाहे। यसको जानकारी उनले संघीय मन्त्रालयलका अधिकारीलाई गराए। हाल उनी प्रदेश १ सरकारको उद्योग, पयर्टन तथा वन मन्त्रालयमा कार्यरत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्