१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरुवा रोगीसँगै स्वस्थ कैदी बस्न बाध्य

देशभरका कारागारमा सरुवा रोगी र स्वस्थ कैदी एकैठाउँमा राख्दा उनीहरू पनि रोगी बन्ने गरेको पाइएको छ। रोगी र निरोगीका लागि कारागारमा छुट्टाछुट्टै व्यवस्था नहुँदा सँगै राख्नुपरेको गृह मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिमा बुधबार पेस गरेको विवरणमा उल्लेख गरेको छ। कर्मचारी समायोजन भएका कारण ५१ वटा जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी समेत कारागारमा छैनन्। यसले अर्को समस्या थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको ‘सरुवा’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यांकन प्रक्रियामा आफूनिकट व्यक्तिलाई बोलपत्र पार्ने योजनामा पनि उनी बाधक बनेका थिए ।

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्।

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

भक्तपुरमा पनि देखियो डेंगु

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। एक्कासी उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हो। यसका साथै आँंखाको गेडा तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न विमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षणहरु हुन्।

५० प्रहरी उपरीक्षकको सरुवा

नेपाल प्रहरीले आज ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

३१ प्रजिअको सरुवा, को कहाँ भए?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ।

नेइमारको सरुवा थप अन्योलमा

पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्ट्राइकर नेइमारको सरुवा प्रक्रिया थप अन्योलमा परेको छ। पिएसजीले स्पेनिस क्लब रियाल मड्रिडले नेइमारका लागि गरेको १ सय मिलियन युरोका साथ अन्य खेलाडी फ्रान्स पठाउने प्रस्ताव अस्वीकृत गरेको हो।

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।

नेइमारको सरुवा चर्चा छायामा

पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा निमिसमाथि ३–० को जितका साथ सुखद सुरुआत गर्दा स्ट्राइकर नेइमारको सरुवा चर्चा छायामा परेको छ।

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको टोटेनहमले मंगलबार मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियाल मड्रिडलाई १–० ले हराएको थियो। टोटेनहमले जनवरी २०१८ पछि यसै महिनाको सुरुआतमा क्लबको कीर्तिमानी सरुवा रकममा लियोनका मिडफिल्डर ताङगाई एन्डोम्बेलेलाई अनुबन्धन गरेको थियो। ‘मलाई मेरो खेलाडीको अहिलेको अवस्थाको बारेमा केही थाहा छैन,’पोचेटिनोले भने।

सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

मन्त्रालयका सहसचिव तथा समायाोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारीलाई सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दीमा राख्ने निर्णय गरिएको बताए ।

एकैपटक २३४ न्यायाधीश सरुवा

न्यायपरिषद्ले एकैपटक २ सय ३४ जना न्यायाधीश सरुवा गरको छ। न्यायपरिषद्ले विभिन्न उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो। न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले नियमित सरुवा र कतिपय न्यायाधीशलाई काजमा खटाइएको ठाउँमा नै सरुवा गरेका कारण ठूलो संख्या देखिएको बताए। उनले तुलनात्मक रूपमा यसपटक सरुवा भएका न्यायाधीशको संख्या भने ठूलो भएको स्वीकार गरे। परिषद्को बैठकले उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रहेर उच्च अदालत पोखरामा काज खटिएका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत पाटनमा सरुवा गरेको छ। विशेषमा अदालतमा अध्यक्ष बाबुराम रेग्मीको उच्च अदालत जनकपुरमा सरुवा भएको छ। विशेषमा अदालतकै सदस्य न्यायाधीश द्वारिकामान जोशीलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलास र प्रमोदकुमार वैद्य श्रेष्ठलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ। उच्च अदालत दिपायलका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको परिषद्का प्रवक्ता कार्कीले बताए।

शिक्षक सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

थुलुङ दूधकोसी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शिक्षक सरुवाविरुद्ध अदालतमा परेको रिटको आधारमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्