१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।

मास्क नलगाउने जरिवाना

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए।

न्यूरोडका ५ पसलहरुलाई जरिवाना

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ।

अब क्यूआर मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने

बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरुवात गरेको हो।

सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेक छन्।

टिकटकलाई सात लाख ५० हजार युरो जरिवाना

‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,

सवारीमा निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने

मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको कारण जारी निषेधाज्ञालाई मध्यनजर गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने यातायात सेवासँग सम्बन्धित विषयमा प्रदेश सरकारको निर्णय बमोजिम दिइएका जरिवाना छुट, सहुलियत जस्ता सुविधा कार्यान्वयनका लागि यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा आवश्यक संसोधन गर्न स्वीकृति दिने प्रस्ताव असार मन्त्रिपरिषद्मा लगेको थियो।

मास्क नलगाई हिड्ने १९ जनालाई प्रतिव्यक्ति २ सय जरिवाना

जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ। तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो।

निजी क्षेत्रको मागः निषेधाज्ञा अवधिमा जरिवाना नलगाऊ

कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न मुलुकभर निषेधाज्ञा लगाउँदा उद्योग, व्यवसाय ठप्प भएकाले निषेधाज्ञा अवधिमा कर बुझाउन नसक्ने उद्यमी, व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रका छाता संस्थाले आग्रह गरेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना

सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।

कालोबजारी गर्नेलाई दुई लाखसम्म जरिवाना

विभागले निषेधाज्ञा अवधिमा मातहतका निकायमार्फत उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा सघन अनुगमन गरेर कैफियत भेटिएको ठाउँमा कारबाही गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्