coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब क्यूआर मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ। बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरुवात गरेको हो।  

महाशाखाले भोलि (शुक्रबार) बाट लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उनका अनुसार आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ। प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेण्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए।  

प्रमुख भट्टराईले क्यूआर कोडमार्फत् आफैँ भूक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोवल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए। उनले गत वर्षमा अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउँदा २ वटा वालेटबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था बनाएर सुरु गरेको स्मरण गर्दै पछि यसको व्यापकता ६०÷७० को हाराहारीमा पुगेको बताए।

प्रमुख भट्टराईले यो प्रविधिले सम्पूर्ण चालक र ट्राफिक प्रहरीहरुलाई सहयोग पुर्याउने बताए। उनले ट्राफिक प्रहरीले बनाएको प्रविधितर्फ जाने योजनाले भविष्यमा अन्ततः अनलाइनबाटै सबै कुरा गर्न मिल्ने व्यवस्थामा पुग्ने बताए। 

प्रकाशित: १७ भाद्र २०७८ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App