१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नेकपा कार्यदलले प्रतिवेदन बुझाएन

पार्टी एकिकरणको खाका तयार गर्न बनेको नेकपाको नौ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छैन। सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई मंगलबार जे जस्तो अवस्था छ त्यस्तै अवस्थामा प्रतिवेदन निर्देशन दिएको थियो।

साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपी खड्का दुबईमा पक्राउ

दुवईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। सुन तस्करीको अनुसन्धानसम्बन्धी दुइटा प्रतिवेदनले दोषी औंल्याएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। दुबई प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ।

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्। रिपोर्टस क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्यापअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जानकारी दिए। साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यानमा देखिएको विवादले उग्र रूप लिएपछि आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान प्रस्थान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राती पाकिस्तान प्रस्थान गरेका छन। नेपालको पुनर्निर्माण र पाकिस्तानको पुनर्निर्माणको सिकाइ आदान(प्रदान गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान गएका हुन। पाकिस्तानको इस्लामावाद र लाहोरमा रहँदा मन्त्रीहरु, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उत्पादनले बजार नपाएर नष्ट भएका खबर सार्वजनिक भइरहँदा सरकारले कृषिजन्य वस्तुको बजारीकरणमा सघाउने तयारी गरेको छ। किसान कृषि पेसाबाट विमुख नहुन भनेर सहकारीमार्फत कृषिको व्यवसायिक उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरणमा सघाउन लागेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

महानगरका साना गल्ली तस्करीका ‘रुट’

वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवालगायत साना बाटा अहिले तस्करीको रुटमा परिणत भएको स्थानीयले बताएका छन्। प्रहरीले ग्रामीण भेगबाट तस्करीका सामना पक्राउ गर्न थालेकाे छ। यता तस्करहरुले समेत नयाँ तरिका अपनाउन थालेका छन्।

‘हामीले काम गर्ने जिम्मेवारी नै पाएनौं’

स्थानीय निकाय २० वर्षसम्म जनप्रतिनिधीविहीन रह्यो। लामो समय जनप्रतिनिधी नहुँदा स्थानीय तह अस्तव्यस्त भयो। हामी निर्वाचित भएर आएको पहिलो वर्ष धेरै काम गर्न सकेनौं। नगरपालिका तथा वडा कार्यालयमा नगरकार्यपालिकाको सदस्यको जिम्मेवारी धेरै छैन। हामीलाई काम गर्ने धेरै इच्छा र चाहना छ। तर, जिम्मेवारी नपाउँदा काम गर्नै सकेका छैनौं। नगरकार्यपालिकाको बैठकमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आइरहेका छौं। जनताले पाएका पीरमर्कालाई नगर कार्यपालिकाको बैठकमा उठाउँदै आइरहेका छौं।

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २० खेलाडीले भाग लिएका छन्।

उत्पादनमा कर नलिन स्थानीय तहलाई मन्त्रालयको परिपत्र

संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले देशभरीका सात सय ५३ स्थानीय तहलाई नयाँ उत्पादित वस्तुमा निकासी कर, महशुल तथा दस्तुर नलिन परिपत्र पठाएको छ। गत साउनमा आर्थिक वर्षको सुरुवातमै स्थानीय तहको मनपरी करको शिकार उद्योग व्यवसाय हुन थालेपछि चौतर्फी विरोध भएको थियो। अहिले आवको मध्यमा अर्थात पुस मसान्तमा स्थानीय तहले फेरि सोही प्रवृति दोहोर्‍याएका छन्।

साझा सहकारीका पाँच कर्मचारी निलम्बित

साझा स्वास्थ्य सहकारीमा भएको आर्थिक अनियमिता सार्वजनिक भएपछि व्यवस्थापन पक्षले अनियमतामा संलग्न पाँच कर्मचारीलाई निलम्बन गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनका आधारमाउनीहरूलाई निलम्बन गरिएको हो। निलम्बनमा पर्ने कर्मचारीहरूमा नीरप्रासद काफ्ले, बाबुराम भण्डारी, आशुतोष अधिकारी, गजेन्द्र कार्की र कृष्ण शिवाकोटी छन्।

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

उपभोक्ताको चाहना विपरीत रेस्टुरेन्टको बिलमा उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने पर्यटन व्यवसायीको निर्णय कर छली गर्न भएको मजदुरले आरोप लगाएका छन्। रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले उठाउँदै आएको १० प्रतिशत रकम केही दिनअघि नउठाउने निर्णय गरेको थियो।

जिएमपीको सिफारिसबिनै लाइसेन्स नवीकरण

औषधि व्यवस्था विभाग (डिडिए) ले गैरकानुनी ढंगले विदेशी औषधि कम्पनी ओजन फर्मास्युटिकल्सकोे आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरेको पाइएको छ। डिडिएअन्तर्गतको जिएमपी कमिटीको सिफारिसबिना नै डिडिएका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको मिलेमतोमा पुस पहिलो साता ओजनको लाइसेन्स नवीकरण गरेको पाइएको हो। डिडिएका वरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले ओजनको आयात अनुमतिपत्र नवीकरण गरेको नागरिकलाई बताए। जिएमपी अडिट ९निरीक्षण० टोलीको प्रतिवेदन र जिएमपी कमिटीको सिफारिसबिनै ओजनलाई औषधि ल्याउन दिने लाइसेन्स नवीकरण हुनुमा आर्थिक चलखेलले काम गरेको स्रोतले बतायो।

बिजनेस नहुँदा अधिवेशनको टुंगो लागेन

अन्य प्रदेशमा संसद्को तेस्रो अधिवेशन धमाधम चलिरहँदा कर्णाली प्रदेश भने सुनसान छ। कात्तिक १८ गते दोस्रो अधिवेशनको अन्त्य भएसँगै सांसदहरू फुर्सदिला बनेका छन्। सरकारले तेस्रो अधिवेशनका लागि ‘बिजनेस’ दिन सकेको छैन। संसद् सञ्चालन नहुँदा सांसदहरूले आफ्ना कुरा सरकारलाई सुनाउन नपाएको गुनासो गर्न थालेक छन्।

कर्मचारीलाई दैनिक ५ सय भत्ता

सार्वजनिक बिदामा काम गर्ने सरकारी कर्मचारीले दैनिक ५ सय रुपैयाँ भत्ता पाउने भएका छन्। शनिबार सहित अन्य सार्वजनिक बिदामा सरकारी  काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ ओभरटाईम भत्ता दिने भएको हो। यस्तै, कार्यालय समयभन्दा २ घण्टा अघि÷पछि काम गर्ने कर्मचारीले २ सय ५० रुपैयाँ भत्ता पाउनेछन्।

रोकिएन रौतहटमा काठ तस्करी

रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुन रोकिएको छैन। जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भने पनि काठ तस्करी भने नरोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्