३० वैशाख २०८१ आइतबार
image/svg+xml

मुलुक बनाउने स्वर्णिम अवसरमा सहभागी बनौं : गोकर्ण विष्ट

श्रमशक्तिको अभावमा गाउँ घरमा खेतबारी बाँझा छन्, कयौं आयोजनाहरु अलपत्र छन, उद्योग कलकारखानामा श्रमिकको अभाव छ। तर हामीले हाम्रा युवालाई स्वदेशमै श्रम गर्न अभिप्रेरित गर्न सकेका छैनौं। यसले विप्रेषण प्रति निर्भरता बढाउँदै अर्थतन्त्र आयातमुखी बनाइरहेको छ।

यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा यात्रुबसको ठक्करबाट बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

कर्मचारी समायोजनको सकस

केपी ओलीले दोस्रो पटक सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गरेको फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत डेढ/ दुइ महिना देखि निकै प्रचार गर्दै आएको छ, मन्त्रालयको प्रचार यस्तो छ ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनका सबै काम टुंग्याउछौ।’

पार्टी एकीकरण १० दिनमा : थापा

नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य रामबहादुर थापाले पार्टी एकीकरणको काम १० दिनभित्र सकिने बताएका छन्। गृहमन्त्रीसमेत रहेका थापाले कार्यदलले फागुनको दोस्रो साताभित्र एकताको काम सक्ने बताए। ‘जनयुद्ध’ दिवसका अवसरमा नेकपा झापाले गरेको श्रद्धान्जली सभामा नेकपाले बनाएको पार्टी एकता कार्यदलका संयोजकसमेत रहेका थापाले केही प्राविधिक समस्या रहे पनि अब एकता नरोकिने बताए। ‘विगतमा दुई भिन्ने पार्टी रहेका थियाैँ, केही मतभेद थिए त्यसलाई समाधान गरिसक्यौं,’ उनले भने, केही प्राविधिक काम बाँकी छन्, अब एकता टुंगिन्छ।

मुलुक बनाउने स्वर्णिम अवसरमा सहभागी बनौं : गोकर्ण विष्ट

नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा पौरख र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनु पर्ने तर श्रम नगरीकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था कायमै छ। यो अवस्था विकास र सभ्य समाजका लागि बाधक बनेको छ।

मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

‘२०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ।’

सालको काठसहित चार पक्राउ

अवैध सालको काठसहित इलामको चुलाचुली गाउँपालिकाबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ५ बजेतिर सिँधुवाखोलामा काठ ओसार्दै गरेका उनीहरुलाई साइकल र काठसहित समातिएको प्रहरीले जानकारी दिएको छ।

साना उद्योगीका उत्पादनको बजारीकरणमा सघाउछौं : राजदूतहरु

नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारीकरणमा सघाउने प्रतिबद्घता गरेका छन्। स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरुले बताए।

युवाको दायित्व, दायित्व र नागरिक समाज

भविष्यका चुनौती सामना गर्नुपर्ने युवाहरू निहित स्वार्थ र वर्गीय मुनाफामा बरालिने मुलुकको ग्रहदशा उचित छैन भनी आकलन गर्नका लागि कुनै ज्योतिषीको आवश्यकता पर्दैन। संसद्मा स्पष्ट बहुमत नभई देशको विकास हुन कठिन छ भन्नेहरूलाई वर्तमान सरकारको कार्यशैलीले दरो प्रहार गर्दो छ।

समायोजनमा गएका कर्मचारी केन्द्रमा सरुवा तथा वृत्ति विकासको प्रस्ताव

कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा खटाइए पनि त्यहाँ खटिएका कर्मचारी संघीय निजामती सेवामा सरुवा हुने व्यवस्था राख्दै संशोधन प्रस्ताव दर्ता भएको छ। सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन राख्दै सरुवा हुने र उनीहरूको वृत्ति विकास हुने व्यवस्था राख्न संशोधन प्रस्ताव गरेका हुन्।

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्।

नेपालमा लगानी गर्न महासंघ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क मुलुकका   लगानीकर्ता तथा रोजगारदातालाई आग्रह गरेका छन्। दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो आग्रह गरेका हुन्।

अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

भारत सरकारद्वारा आयोजित तालिममा नेपाली कर्मचारी सहभागी भएका छन्। सोमवारदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा सुरु भएको ‘ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयक तालिममा अर्थ मन्त्रालयका २० कर्मचारी सहभागी भएका हुन्।

यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार र निर्वाह भत्ता पाइने

सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार र निर्वाह भत्ता पाइने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराएका छन्।

राजनीतिक स्थायित्वले कर्जा माग वृद्धि

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पछिल्ला केही वर्षदेखि बैंकहरुले पुँजी वृद्धि गरेका कारण लगानीमा उचित प्रतिफल उपलब्ध गराउन बाध्यता भएको छ। त्यसैले प्रायःजसो बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा अत्याधिक मात्रामा वृद्धि हुँदै गएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने न्यून रहेका कारण केही वित्तीय संस्थामा विगतका वर्षहरुबाट नै कर्जायोग्य तरलतामा कमी हुन गएको छ। फलस्वरुप निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा प्रत्यक्ष प्रभाव पर्न गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्