११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुराना योजना र कार्यक्रम नकाट्न एमालेको प्रदेश सरकारसँग अनुरोध

नेकपा एमाले गण्डकी प्रदेशले कांग्रेस नेतृत्वको वर्तमान सरकार ‘समृद्ध प्रदेश र सुखी प्रदेशबासी’ सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ ।

प्रदेश १ मा ६ सय ९२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ र १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

एमाले गण्डकीले बनायो छाँया सरकार

नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

प्रदेश १ मा ७ सय ६९ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ७ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेश: गठबन्धनलाई सघाएको भन्दै एमालेद्वारा मन्त्री शाही र सांसद खत्रीलाई कारबाहीको धम्की

मन्त्री शाहीलाई एमालेले बिहीबार साँझ स्पष्टीकरण पत्र पठाएको हो। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै एमालेले मन्त्री शाहीलाई स्पष्टीकरण सोधेको हो। शाही सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद हुन्।

कृषि अनुदान विधेयक पारित

प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित भएको छ। बिहीबारको प्रदेशसभा बैठकले संशोधनसहित विधेयक पारित गरेको हो।

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश १ मा ९ सय ६९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

१ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९७ र १ हजार ५सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा सरकार फेरबदल असंवैधानिकः एमाले

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव र नयाँ मुख्यमन्त्री छनोट प्रक्रिया असंवैधानिक र कानुनविपरीत भएको नेकपा एमालेले प्रतिक्रिया दिएको छ।

योजनामा दोहोरोपन आउन नदिनेगरि सहकार्य गरिन्छः मन्त्री आचार्य

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आफु मातहको डिभिजन र कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा मात्रै काम गर्ने बताएका छन् ।

लुम्बिनीमा एमाले सरकार ढल्यो

चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्।

लुम्बिनी प्रदेश : सरकारको नेतृत्व आधा-आधा

प्रदेश प्रमुखको ‘नयाँ सरकार गठन आह्वान’ अनुसार विपक्षी गठबन्धनले संसदमा बहुमतको अंकगणित पुर्याएर आफूलाई ‘काबिल’ सत्ता नेतृत्वकर्ताको हकदारका रुपमा प्रस्तुत गर्ने छ।

गण्डकी प्रदेशः पारिवारिक संक्रमण बढ्दो

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन् । ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ । असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो । ती मध्येमा थोरैमा मात्र संक्रमण देखिन्थ्यो । अहिले परिवारै संक्रमित हुन थालेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्