प्रदेश १ मा ४ सय १९ संक्रमित थपिए, ७ जनाको मृत्यु
प्रदेश १ मा शुक्रबार ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।
प्रदेश १ मा शुक्रबार ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।
बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले पाँच करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन्।
अविरल वर्षापछि कास्की, पर्वत लगायतका जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको भन्दै गण्डकी प्रदेश सरकारले राहत र उद्धारमा तत्काल जुट्न निर्देशन दिएको छ ।
जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।
कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।
मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।
गत शुक्रबारमात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार एक साता नपुग्दै अल्पमतमा परेको छ। बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एमालेका १० जना सांसदहरूले नयाँ पार्टी रोजेको सनाखत गरिसकेका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भइसकेका छन्। गत बैशाखमा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोरक्रस गरेका थिए।
बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।
नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए।
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन्।