१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ जना पुगेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले जनाएकाे छ ।

काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।

कलामा कोरोना कहर

मुखमा मास्क लगाएकी एक विदेशी नर्स आफ्नै मनसँग अनेक तर्क विर्तक गर्दै टोलाइरेकी छिन् । आँखामा आँसु छछल्काउँदै उनी आफ्नै मनसँग विलौना गरिरहन्छिन् । उनको अनुहार ओइलाएको देखिन्छ, निराशाले छोपेको देखिन्छ । आफ्नै आँखा अगाडि लाखौंले ज्यान गुमाएको देख्दा पनि उनी आफ्नो कर्तव्य र जिम्मेवारीबाट भाग्न सक्दिनन् ।

२० हजार कर्णालीवासी भारतबाट फर्कंदै

भारतमा करिब ७० हजार कर्णालीवासी रहेको प्रवक्ता विमला केसीले बताइन् । तीमध्ये झन्डै २० हजार कोरोनाबाट बच्न घर फर्किन आतुर रहेको अनुमान छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण एकजनामा पनि देखिएको छैन । भारत तथा नेपालका अन्य प्रदेशबाट कर्णालीमा मान्छे भित्रिने क्रम बढेपछि जोखिम भने बढेको छ । प्रदेशका सबै नाका सिल गरिए पनि प्रदेश सरकारका लागि नयाँ चुनौती भएको बताइएको छ ।

लक डाउनले होटल र होम स्टे ठप्प, धरापमा व्यवसाय

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । अन्य विदेशी मुलुकसँगै चैत ११ गतेदेखि नेपाल पनि ‘लकडाउन’ मा छ । यस विषम परिस्थितिमा होटल, रेष्टुरेन्ट तथा होम स्टेहरू बन्द नहुने कुरै भएन । सतर्कता र सुरक्षाका हिसाबले पनि होटल रेष्टुरेन्ट तथा होम स्टेहरु बन्द गर्नु नै उचित देखिन्छ ।

कुन हुन् खारेजी सिफारिसमा परेका कार्यालय र दरबन्दी ?

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारी कर्मचारीहरूलाई सकेसम्म संघमै राख्न केन्द्रमा दरबन्दी थप्दै जाने प्रवृत्तिले अनावश्यक व्ययभार बढेको भन्दै ६० प्रतिशतसम्म कर्मचारी दरबन्दी कटौती गर्न सरकारलाई सिफारिस गरेको छ । डिल्लीराज खनालको संयोजकत्वमा गठित आयोगले केन्द्रमा १६ मन्त्रालय र ३५ विभागमात्र राख्न सिफारिस गरेको हो ।

तापक्रम नाप्दै घर पठाउँदै

किट अभावका कारण रोल्पका क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटी नगरी घर पठाइएको छ । हालसम्म जिल्लामा सात हजारभन्दा बढी क्वारेन्टाइनमा बसेको भए पनि तीन सय पाँचजनाको मात्र आरडिटि गरिएको छ । रोल्पाका बिभिन्न स्थानका क्वारेन्टाइनमा रहेका सात हजार बढीलाई गत सातादेखि घर पठाउन थालिएको हो । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरूको सामान्य तापक्रम मात्र नापेर घर पठाइएको थियो ।

करेलामा अज्ञात रोगले किसान मर्कामा

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् । गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए । तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।

संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे

पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पर्यटनका २५ हजार मजदुर विस्थापितको चिन्ता

संक्रमण घट्दै गएर लकडाउन खुलेपनि तत्कालै यी मजदुरले काम पाउने छैनन, किनकी तत्काल पर्यटक आउने सम्भावना नभएकोले मजदुरले लामो समय काम नपाउने निश्चित रहेको पर्यटन व्यावसायीको भनाई छ । लामो समय कामविहीन हुनुपर्दा पर्यटन क्षेत्रका हजारौं मजदुर बिस्थापित हुनसक्ने जोखिम बढाएको व्यावसायी बताउँछन् । कतिपय मजदुर सधैंका लागि बिस्थापित हुने जोखिम रहेको पनि व्यावसायीको भनाई छ ।

‘लकडाउनलाई विकल्प नबनाऔं’

‘कोरोनाले मर्ने कि भोकले वा समस्यै समस्याले जगडिएर मर्ने ? जे गरेपनि हामीसँग मर्ने बाहेक विकल्प छैन । त्यसैले अब सकेको उपाय अपनाएर कोरोना संक्रमणबाट बच्ने, नसके बरु मर्ने तर अन्य कारण र समस्याबाट नमर्ने आर्थिक गतिविधि तथा अवस्था निर्माण गर्न कोरोना प्रभावित विकसित मुलकहरूकै मोडेलमा जानुपर्ने देखिन्छ,’ गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा लेखेको स्टाट्स हो ।

भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना

कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो संक्रमति भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् ।

लकडाउनको ५४औं दिनः यस्तो छ काठमाडौंको अवस्था

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ। गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन आज ५४ औं दिनमा प्रवेश गरेको हो। लक डाउनका कारण जनजीवन प्रभावित बनेको छ।

भारतबाट स्वदेश फिर्ता हुने क्रम जारी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँग समन्वय गरेर भारतमा रोकि २१ दिन क्वारेन्टाईन भएका केही नेपालीहरुलाई शुक्रबार साझ स्वदेश ल्याएको हो ।

छुर्पीको अमेरिका निर्यात ठप्प

झन्डै दुई महिनायताको लकडाउनका कारण जिल्लामा उत्पादित करोडौं रुपैयाँको छुर्पी (डग च्यु) निर्यात ठप्प भएको छ । कुकुरको आहारका लागि अमेरिका निर्यात हुने ठूलो परिमाणको छुर्पी बिक्री हुन नसक्दा किसान र व्यवसायी संकटमा परेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाका डेरी उद्योगमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्