१० मंसिर २०८१ सोमबार
image/svg+xml

श्रीमतीको योजनामा प्रेमीसँग मिलेर हत्या

शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

कोराना प्रभावः एक खर्ब ६८ अर्ब क्षति

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लामो समय मुलुकमा लकडाउन हुँदा करिब एक खर्ब ६८ अर्ब रुपैयाँ क्षति भएको छ। सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन अनुसार केही ठूला परियोजना बाहेक अधिकांस उद्योग, कल–कारखाना वन्द भएका कारण करिब दुई महिनाको अवधीमा उक्त क्षति भएको हो।

दुई पुरी र पानीकै भरमा दिन कटाउँदै प्रवासी नेपाली

शुक्रबार र शनिबार गरेर धनगढीको गौरीफन्टा नाका भएर ७ सय ५८ जना प्रवासी नेपाली भित्रिएको खबर सुनेपछि भारतको राजस्थान, मुम्बई लगायतका ठाउँबाट पाँच सय १२ जना बस रिजर्व गरेर धनगढीका लागि छुटे । आइतबार राति जब उनीहरु धनगढी नजिकैको सीमा क्षेत्र गौरीफन्टा पुगे त्यहाँबाट प्रहरीले नेपाल पस्न दिएन । उनीहरुलाई भारतीय प्रहरीले समातेर पलिया लगेर राख्यो । स्थानीय जिल्लाका कलेक्टरले नेपाल फर्कने सिफारिस दिएपछि आएका उनीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

कपिलवस्तु थप १५ दिन सिल

कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्याल कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सिल गरेको छ । यस अघि वैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए ।

बन्दाबन्दीले काफल बिक्रीमा समस्या

कैलालीको चुरे गाउँपालिका–५ धव्रानीका ४० वर्षीया विश्नादेवी महरा काफल बिक्रीका लागि दैनिक दुई घण्टा हिँडेर भीमदत्त सडक छेउमा रहेको खानीडाँडा बजार पुग्नछिन् ।

बराहपोखरीमा लकडाउन पीडितलाई राहत वितरण सुरु

खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउन पीडितलाई राहत बाँड्न सुरु गरेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न सुरु गरेको हो । गाउँपालिकाले ६ वडाका विपन्न ७१३ परिवारलाई १५ लाख बराबरको १४ हजार ९४५ केजी चामल, १ हजार ६८८ केजी दाल, ८४४ लिटर खाने तेल र १ हजार ३०१ केजी नुन वितरण गर्ने जनाएको छ ।

सर्वसाधरण भन्छन् : ‘बिहान फैलिने कोरोना संक्रमण दिउँसमा फैलिदैन’

गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन टोल वरीपरी घुम्दा माथिको निर्देशन भन्दै प्रहरीले घरै फर्काउने गरेको उनले बताए । हिँडडुल नगरे खुट्टा सुनिने भएपनि कुजिएर घर बस्न परेको उनको दुखेसो छ ।

भारतबाट एकैदिन १८ जना भित्रिए

छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर गाउँ फर्किएकाहरु क्वारेन्टिनमा

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष बासु थापाले बताए ।

सवारी पास लिन कर चुक्ताको प्रमाणपत्र अनिवार्य

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले यस अघि गर्दै आएको लकडाउन थप कडा गरेको छ। दिनप्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएकाले सरकारले यस अघि जारी गरेका सवारी साधनका पास रद्द गर्दै आईतबारदेखि नयाँ पास वितरण गर्दै आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चुलियो महँगी, गत वर्ष चैतको तुलनामा एक तिहाइले बढी

चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मुल्य बृद्धि ६.७४ प्रतिशतले बढेको छ। गत वर्ष चैतको मुल्य वृद्धि ४.४४ प्रतिशत मात्र थियो। यो वर्षको नौ महिना (चैत)सम्मको औषत मुल्यवृद्धि नै ६.५३ प्रतिशत पुगेको छ।

बाँस र काठ तेर्साएर ‘नो इन्ट्री’

अहिले सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । लकडाउनको अर्थ पनि बाहिर नहिँड्नु घरभित्रै सुरक्षित रहनु हो । कतिपयले सरकारले आह्वान गरेको लकडाउन पूर्ण पालना गरिरहेका छन् । तर, कतिपय भने बाहिर ओहोरदोहोर गर्ने गरेको पनि देखिन्छ । खासगरी अहिले समाज÷सहरमा त्यस्तै मानिसदेखि त्रसित भइरहेको छ ।

भारतबाट धनगढी आएका २१६ जनालाई गृहजिल्ला पठाइयो

शुक्रबार र शनिबार राति भारतबाट धनगढी आइपुगेका नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो । भारतको पलिया र लखिमपुरको क्वारेन्टिनमा विगत ४० दिनदेखि बस्दै आएका उनीहरू शुक्रबार र शनिबार धनगढी आइपुगेका थिए ।

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ। साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन्।

ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन

लकडाउनका कारण खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्ष अघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण प्रभावित भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्