१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी गरेका छन् । स्थानीयको श्रम र पसिनामा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलश्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडकका लागि १ नम्बर प्रदेश सरकारले बजेट विनियोजन गरेपछि लकडाउनकै बेला सडक स्तरोन्नतिको तयारी गरिएको हो ।

दुई सय ६८ जना कर्णाली भित्रिए

लामो बन्दाबन्दीपछि भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि त्यहाँ गएका कर्णालीवासी फर्किन थालेका छन् । शनिबार र आइतबारसम्म दुई सय ६८ जना नागरिक कर्णाली भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली भित्रिने प्रमुख नाका बबई हुँदै उनीहरू भित्रिएका हुन् ।

विदेशमा ९६ नेपालीको मृत्यु, ६ हजार बढी संक्रमित

विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसका कारण शनिबारसम्म विदेश(दक्षिण एसियाबोक)मा रहेका ९६ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए)ले जनाएको छ । कोरोनाबाट ६ हजार सात सय ८१ नेपाली विदेशमा संक्रमित भएको एनआएएनएको तथ्यांकमा उल्लेख छ ।

लकडाउनमा सैनिक पोशाकको दुरुपयोग सेनाको छड्के

लक्डाउनको समयमा नेपाली सेनाको पोशाकको दुरुपयोग बढिरहेको भन्दै आज देखि उपत्यकाको विभिन्न स्थानमा सैनिक प्रहरी परिचालन गरि चेक जाच सुरु गरेको छ।

जेठ २० सम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकलेजारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। सोमबारदेखि लकडाउनको अवधि सकिन लाग्दा पुन: समय थप गरिएको हो।

लकडाउनका बेला निकालिए चार शिक्षक

तलब खुवाउनका लागि आयस्रोत नरहेको भन्दै दाङको एक सामुदायिक विद्यालयले लकडाउनको अवधिमा चार शिक्षकलाई निष्काशन गरेको छ । सरकारले लकडाउनको अवधिमा जो कोही मजदुरलाई निष्काशन नगर्न भनिरहेका बेला दाङको एक विद्यालयले भने चार निजी शिक्षकलाई अवकाश दिएको हो । घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यमिक विद्यालयले दुईजना मावि र दुई जना प्रावि तहका निजी शिक्षकलाई वैशाख १ गतेदेखि लागु हुनेगरी निष्काशन गरेको हो ।

भारतीय नागरिकको शंकास्पद गतिविधिपछि पशुपतिको किरियापुत्री सेवा बन्द

किरियापुत्रीका नाउँमा शंकास्पद गतिविधि बढेको भन्दै पशुपति क्षेत्र विकास कोषले किरिया पुत्री सम्वन्धी सेवा अनिश्चित कालका लागि बन्द गरेको छ। भारतका विभिन्न ठाउँबाट किरिया बस्न भन्दै आएका केही व्यक्तिहरुको गतिविधि शंकास्पद देखिएपछि कोषले आइतबारदेखि पशुपतिस्थित किरियापुत्री सम्वन्धी सेवा बन्द गरेको हो।

अब्बल थारु महिला आत्मनिर्भरको बाटोमा

विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आमाका पेशा धान्न पाउँदा खुसी भएको उनले सुनाईन ।

मुस्लिम आयोगबाट ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

लकडाउनका कारण रोकिएको मुआब्जा रकम वितरण गर्न माग

कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम रोकिदा आफूहरु मर्कामा परेको भन्दै यहाँका स्थानीयले सामाजिक दुरी कायम गरेर रकम वितरणको काम सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

कोरोना कहर : खानेपानी आयोजनाको काम प्रभावित

लकडाउनका कारण खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दुधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्षअघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावित भएको हो ।

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नती गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको तयारी गरिएको छ । स्थानीयको श्रम र पसिनामा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडकका लागि १ नम्बर प्रदेश सरकारले वजेट विनियोजन गरेपछि लकडाउनकैबेला सडक स्तरोन्नतीको तयारी गरिएको हो ।

लकडाउनको मौका छोपीचोरी

लकडाउनको मौका छोपी उपत्यकाको तीनथानास्थित एक घरबाट शनिबार लाखौं रुपैयाँबराबरको धनसम्पत्ति चोरी भएको छ । घरधनी नजिकै भएको बेलामा आँखा छली स्थानीय राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको हो ।

लकडाउनको असर र क्षतिको अध्ययन हुँदै

कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले उद्योग, व्यापार, व्यवसायका क्षेत्रमा पारेका असर र क्षतिको अवस्थाको मूल्यांकन हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले उक्त असर र क्षतिको अवस्था मूल्यांकन गर्ने भएको हो।

लकडाउनमा धान रोप्ने चटारो (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि देश लकडाउनमा छ। तर यो मैसम कृषकका लागि भने महत्वपूर्ण छ। कतै धान रोप्ने चटारो छ भने कतै गहुँ भित्राउने। साँखुका किसान यतिबेला धान रोप्न व्यस्त छन्। मोनिका मल्लले खिचेका तस्बिरहरू

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्