१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दुई सय ६८ जना कर्णाली भित्रिए

लामो बन्दाबन्दीपछि भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि त्यहाँ गएका कर्णालीवासी फर्किन थालेका छन् । शनिबार र आइतबारसम्म दुई सय ६८ जना नागरिक कर्णाली भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली भित्रिने प्रमुख नाका बबई हुँदै उनीहरू भित्रिएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार सुर्खेत ५६, दैलेख ९६, जाजरकोट १४, कालीकोट २६, जुम्ला २८ र हुम्लाका एकजना भित्रिएका छन् । त्यस्तै गरी सल्यान १२ र रुकुम पश्चिमका २६ जना मानिस भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए । उनका अनुसार भारतबाट आएकालाई सुरक्षित क्वारेन्टिनमा पुर्याइएको छ । सुदूरपश्चिमको अछामका नौजना नागरिक पनि कर्णाली हुँदै भित्रिएको उनले जनाए ।

भारतबाट आएकालाई जुन गाडीमा आएका थिए सोही गाडीमा सम्बन्धित पालिकाको क्वारेन्टिनसम्म स्कर्टिङ गरेर पुर्याइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् । उनीहरू भित्रिएपछि कर्णालीमा संक्रमणको त्रास पनि बढेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App