रारा तालमा ‘भद्रगोल’ टिम
चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको १ सय ७० औं अंक मुगुको रारातालमा सुटिङ गरिएको छ। जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवमा पुगेको मौका छोपेर भद्रगोलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले रारा तालमै पुगेर भद्रगोलको १ सय ७० औ अंक छायांकन गरेका हुन्।