coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

फराकिलो जितले अर्टेटालाई राहत

पहिलो हाफमा तीनर दोस्रो हाफमा तीन गोल गर्दै आर्सनले सानदार जित निकालेको हो। प्रिमियर लिगअन्तर्गत सुरुआती दुई खेलमा ब्रेन्टफोर्डर चेल्सीसँग समान २–० ले पराजित हुँदै खराब सुरुआत गरेको आर्सनलले बुधबार सानदार प्रदर्शन गर्न सफल भएको हो।

क्लबको महत्वाकांक्षी योजनाले आकर्षित

सरुवा बजारको अन्तिम दिन आर्सनल भित्रिएका थोमस पार्टेले क्लबको महत्वाकांक्षी योजनाले आकर्षित भएर आफू इमिरेट्स भित्रिएको बताएका छन् ।

आर्सनलको सुखद सुरुआत

नवप्रवेशी टोली फुलह्याममाथि सहज जितका साथ आर्सनलले शनिबार इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ। शनिबार फुलह्यामको घरेलु मैदान क्राभेन कटेजको भ्रमणमा निस्किएको आर्सनलले ३–० को सहज जित हात पारेको हो।

आर्सनललाई कम्युनिटी सिल्ड

इङ्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई शनिबार पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

आर्सनलमा रहने निर्णय आफूमै निहित: ओजिल

आर्सनलका मेसुट ओजिलले क्लबमा आफ्नो भविष्य कहिलेसम्म रहने भन्ने निर्णय आफैंमा निहित हुने बताएका छन्।

औबामेयाङ आर्सनलमै रहने विश्वास

‘औबामेयाङ मेरा लागि कति महत्वपूर्ण छन् भन्ने उनलाई राम्रोसँग थाहा छ । म उनीसहितको टोली बनाउन चाहन्छु । मेरो विचारमा उनी पनि यहीं बस्न चाहन्छन्, यो सबै सम्झौताबाट हुने कुरा पनि हो ।’

आर्सनलसँग लिभरपुल स्तब्ध

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।

ब्राइटनसँग आर्सनल अभागी

इन्जुरी समयमा नियल माउपेले उत्कृष्ट गोल गरेपछि शनिबार इङ्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई २–१ को नतिजा सुम्पिँदा वेस्ट ह्याममाथि २–० को जित निकालेको उल्भरह्याम्पटन शीर्ष चारनजिक पुगेको छ।

लेस्टर प्रशिक्षकको कोरोना अनुभव

लेस्टर सिटीका प्रशिक्षक बर्नाड रोजर्सले मार्चमा कोरोना भाइरस संक्रमित भएपछि जिउने इच्छा नै गुमाएको बताएका छन् । आर्सनलका प्रशिक्षक मिचेल अर्टेटामा कोरोना पुष्टि भएको दोस्रो दिन लेस्टर प्रशिक्षक रोजर्समा पनि कोभिड १९ पुष्टि भएको थियो ।४७ वर्षे रोजर्सले कोरोना भाइरस मुक्त हुनुअघि आफूलाई श्वासप्रश्वासमा निकै कष्ट भएको बताए ।

आर्सनलका प्रशिक्षक संक्रमण मुक्त

इङ्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफू कोरोना भाइरसको संक्रमण मुक्त भएको बताएका छन् ।प्रिमियर लिगमा आर्टेटा पहिलो पटक कोरोना भाइरस संक्रमित प्रशिक्षक हुन् । उनलाई गत मार्च १२ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । गत फेब्रुअरीमा युरोपा लिगअन्तर्गत ओलम्पियाकोससँगको खेलका क्रममा प्रशिक्षक आर्टेटालाई संक्रमण देखिएको थियो ।

जाका आर्सनलमै रहने विश्वास

आर्सनलका नयाँ प्रशिक्षक मिचेल अर्टेटाले ग्रानिट जाकाले क्लबसँगको सम्झौता लम्ब्याउनेमा आशावादी भएको बताएका छन्।

ओजिलको आलोचना व्यक्तिगतः वेंगर

आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले मेसुट ओजिलले चीनको सरकारले उजिहुर मुस्लिमलाई गरेको व्यवहारको आलोचना आर्सलनको नभई उनको अभिव्यक्ति राख्न पाउने अधिकारअन्तर्गत भएको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्