६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चमत्कारले खुल्दै चीन

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफूले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने विश्वलाई देखाउन चाहन्छ ऊ।

तिब्बतले खन्न सघाउने

नेपाल सरकारले औपचारिक पहल गरे तिब्बतको रिउ प्रशासनले ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक खोल्न सघाउने संकेत गरेको छ।

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

तिब्बत–नेपाल सम्बन्ध

५९ वर्षीय पासाङ र ५५ वर्षका दावा चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी हुन्। उनीहरूले यहाँ काम गर्न थालेको तीन दशक हुन लागेको छ। उनीहरू तिब्बती, चिनियाँ र नेपाली भाषा फरर्र बोल्न सक्छन्। तर उनीहरू न चीनका नागरिक हुन् न त नेपालकै। वर्षौँदेखि चीनको तिब्बतमा बसोबास गर्दै आएका उनीहरूको तिब्बतीसँग वैवाहिक सम्बन्ध छ। उनीहरूका बाउ नेपाली थिए। तिब्बतीसँग बिहे गरेर तिब्बतमै बसोबास गर्न थालेपछि उनीहरू तिब्बतमै जन्मिए।

स्वतन्त्र तिब्बत कार्यक्रमा गएको भन्दै प्रदीप यादव निलम्बित

लाट्भियाको राजधानी रिगामामा गरिएको स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेको छ।

‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी सांसद यादव पार्टीबाट निलम्बित

समाजवादी पार्टी नेपालले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ। तत्कालिन संघीय समाजवादी फोरमका तर्फबाट पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित यादव पार्टीलाई जानकारी नगराई लाटभियाको राजधानी रिगामा आयोजित ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएका थिए।

तिब्बतको लोभलाग्दो विकास

जेठ २७ देखि ३२ गतेसम्म तिब्बत भ्रमण गर्ने अवसर मिल्यो। ल्हासामा जेठ ३१ गते आयोजित ‘तिब्बत विकास मञ्च’ गोष्ठीमा भाग लिने क्रममा तिब्बत स्वायत्त प्रदेशको लिन्ची र ल्हासाका विकास देख्न पाइयो। १३ वर्षपछि जुरेको चीनको स्वायत्त प्रदेश तिब्बतको अवलोकन–भ्रमणले उत्साहित बनाएको थियो।नेपालसँग १४ सय १४ किलोमिटर सीमा जोडिएको तिब्बत २६ वर्षदेखि दोहोर अंकमा आर्थिक वृद्धि भइरहेको चीनको एकमात्र प्रान्त हो। सन् २००६ मा नेपालबाट पत्रकारहरूको एक टोलीमा सहभागी भएर तिब्बत भ्रमण गर्दा जुन दृश्य देखिएको थियो १३ वर्षपछि पुग्दा धेरै परिवर्तन भइसकेको रहेछ। सन् २००६ मा हामी तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभाग गएका थियौँ। त्यो समयमा १४ तलाको वाणिज्य विभाग ल्हासाको सबैभन्दा अग्लो भवन थियो। अहिले ल्हासामा सयौँ गगनचुम्बी महल बनिसकेछन्। नेपालका लागि चिनियाँ पूर्वराजदूत यु होङले कतै भनेकी थिइन्– ‘चीनमा हरेक ३ महिनामा कुनै न कुनै परिवर्तन भएको हुन्छ।’ तीन महिनामै परिवर्तन हुने चीनमा १३ वर्षमा कायापलट नहुने कुरै भएन।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए।

गलत सूचनाका कारण रिगा सम्मेलनमा गयौँः सांसदद्वय

स्वतन्त्र तिब्बत सम्वन्धी कार्यक्रममा सहभागी भएर आलोचित बनेका समाजवादी पार्टीका सांसदद्वय एकबाल मियाँ र प्रदीप यादवले आफूबाट गल्ती भएको स्वीकारेका छन्।

समाजवादी पार्टीका सांसद स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा गएपछि...

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएका छन्। पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिएरै राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ।

तिब्बती नेता दलाई लामा डिस्चार्ज

लामो समयदेखि अस्पतालमा उपचार गराई रहनु भएका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किएका छन्। नयाँ दिल्लीस्थित एउटा निजी अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरुले जनाएका छन्।

तिब्बती धर्मगुरु लामा अस्पताल भर्ना

तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन्। भारतमा निर्वासनमा रहेका ८३ वर्षीय लामाको छातीमा संक्रमण देखिएपछि दिल्लीस्थित अस्पताल भर्ना भएका हुन्।

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।

तिब्बतको तुलनामा नेपाल

नेपालको उत्तरी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। पूर्व–पश्चिम १ हजार ४ सय किलोमिटरभन्दा बढी नेपाली भूमि चीनसँग जोडिएको छ। तसर्थ हरेक चिनियाँ नेताले भन्ने गर्छन्– ‘चीन र नेपाल नदीनाला, हिमाल, पहाडले जोडिएका घनिष्ठ मुलुक हुन्।’

विभेदकारी नागरिकता नीति

सन् २००३ मा तिब्बतका झन्डै दुई सय दामन(नेपालीको एक समुदाय)ले ‘न्याचुरलाइजेसन’मार्र्फत चिनियाँ नागरिकता पाए। यो समुदायले चीनको नागरिक कहलिन दुई शताब्दी कुर्नुुपर्‍यो। तामाङसँग मिल्दोजुल्दो यो समुदाय नेपालका गोर्खालीका सन्तान थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्