१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तिब्बती धर्मगुरु लामा अस्पताल भर्ना

नयाँदिल्ली - तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन्। भारतमा निर्वासनमा रहेका ८३ वर्षीय लामाको छातीमा संक्रमण देखिएपछि दिल्लीस्थित अस्पताल भर्ना भएका हुन्।

लामालाई विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको उनका सहयोगी तेन्जिन ताक्लाले बीबीसीलाई बताएका हुन्। उपचारमा संलग्न ‘चिकित्सकहरूले उनको छातीमा संक्रमण भएको पुष्टि गरेका छन्।

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए। उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन्। उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन् । उनलाई तिब्बतका नागरिकहरुले धार्मिक देवताका रुपमा पुजा गर्ने गर्दछन् । उनले विश्वमा शान्तिको पक्षमा भगवान बुद्धको सन्देशलाई लिएर हिड्ने गरेका छन्।

चीनले सन् १९५० मा एउटा स्वतन्त्र देश तिब्बतलाई सेनाको बलमा आफ्नो नियन्त्रणमा लिएको थियो । उसले दलाई लामालाई पृथक्तावादी नेता मान्छ भने तिब्बती नागरिकहरु उनलाई धर्म गुरु मान्छन् । विश्वभरि रहेका तिब्बती नागरिकहरुले दलाई लामालाई पूर्ण सम्मान प्रदान गर्दछन्।

प्रकाशित: २७ चैत्र २०७५ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App