२७ पुस २०८१ शनिबार
image/svg+xml

तीनलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीन स्रष्टालाई २०७५ सालको ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १ सय १ वर्षीया हायमनदास राई किराँत तथा ८६ वर्षीया डा. लक्खीदेवी सुन्दासलाई प्रदान गर्ने निर्णय गरेको हो।

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

साहित्यमा यौनको स्वीकारोक्ति

२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो।

अफ्रिकी कविताको कथा - [१]

बितेका तीन दशकमा अफ्रिकाले आफ्नो आत्मसंघर्षद्वारा स्वतन्त्र राष्ट्रको महाद्वीपको रुपमा आफूलाई स्थापित गरेको छ। औपनिवेशिक व्यवस्थाको बिरुद्ध एक स्वतन्त्र र स्वायत्त व्यवस्थाको विकास भयो। अफ्रिकी लेखकहरुले ती घटनाहरुको पात्र भएर हेरे र आफ्नो लेखनको माध्मबाट अफ्रिकी लेखन, आचरण र कलाको नयाँ चरित्र निर्माण गरे।

एक पत्र सम्पादकलाई

नेपाली निबन्धका शिखर व्यक्तित्व शंकर लामिछाने आजकै दिन जन्मिएका थिए विसं. १९८४ मा । काठमाडौंको जैसीदेवलमा हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा जन्मिएका शंकरले नेपाली निबन्धलाई नयाँ मोड दिएका छन् । शैलीमा प्रयोग । विचारमा नवीनता । सरल लेखनमा गहन भाव । उनको विशिष्टता हुन् । नेपाली निबन्धलाई एउटा नयाँ उचाईंमा पुर्याउने उनको जन्म दिनको सेलिब्रेशन स्वरूप प्रस्तुत छ उनको निबन्ध ।

स्मृतिमा चैत ३

२०४६ सालको राजनैतिक आन्दोलनबारे लेख्न थुप्रै संस्मरण बाँकी छन्। म र मजस्ता थुप्रै नागरिकको योगदान र बलिदानले सफल भएको २०४६ को जनआन्दोलनसँग जोडिएका दुईवटा अनुभूती चैत्र ३ को सन्दर्भमा राखेको छु।

मेरो सानो खरायो, आज कता हरायो

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

सत्यमोहन जोशीलाई ‘कालीभक्त पन्त लोकसाहित्य पुरस्कार’

संस्कृतिविद् सत्यमोहन जोशी नगद एक लाख एक हजार राशिको कालीभक्तपन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट सम्मानित भएका छन्। कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गरेको थियो।

तामाङ भाषा साहित्यबारे अध्ययन गोष्ठी

संस्कृति, भाषा तथा साहित्यबारे राजधानीमा तामाङ अध्ययन गोष्ठी भएको छ। तामाङ न्हाङखोरले  नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गरेको हो।

जुठेल्नाको पानीमा उसको छाया देखिँदैन

आफूले क्यानभासमा कला र साहित्यको फ्युजन गरेको बताउँछन्, शेर्पा। पेन्टिङमा ‘पेटानी’ लगाएकी एक महिला टाउकोमा गाग्रो बोकर हिँडिरहेकी छे। पानी भरिएको गाग्रो। काटिएका रूख÷बिरुवाको ठुटो देख्न सकिन्छ। पेन्टिङको बीचबीचमा कविताका पंक्ति छन्।

सिर्जनामा सर्वोच्च

साहित्य सिर्जना गर्दा अदालतको आदेश हेर्नुपर्ने अवस्था आउनु आफैंमा यस क्षेत्रका निम्ति अप्रिय अवस्था हो । साहित्यमा उन्मुक्त उडान हुनु आवश्यक छ । विद्यमान समाज र परिदृश्यभन्दा भिन्न कल्पना त्यसमा हुन सक्छ ।

रूपावासी सर र अधिकारीद्वय

गुरु बालकृष्ण पोख्रेललाई हामी ‘रुपावासी’ सर भन्थ्यौँ। विराटनगरमै बसी भाषा र साहित्यको साधना गर्ने गुरु आज हामीबीच रहनुभएन। आजभन्दा चार दशकअगाडि विराटनगरको महेन्द्र मोरङ कलेजमा म नेपाली साहित्यको विद्यार्थी थिएँ रूपावासी सरको। अर्थशास्त्र प्रमुख विषय लिएर सहायकमा नेपाली साहित्य लिएका कैयन् विद्यार्थीमध्ये म पनि एक शिष्य थिएँ स्नातक पढ्दा रूपावासी सरको। विषयगतरूपमा हेर्दा यो अलि अनमेल जोडी थियो। तर बेजोड हुनुहुन्थ्यो रूपाबासी सर।

डीआरको साहित्यिक ‘तिलस्मी’

गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ सार्वजनिक भएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमकाबीच प्राडा सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलले पुस्तक लोकार्पण गरे ।

पेचिला प्रश्नमा गरमागरम बहस

राजनीति, मिडिया, अर्थनीति , समाजशास्त्र तथा कला र साहित्य क्षेत्रका पेचिला प्रश्नहरूमा गरमागरम बहस गर्दै ‘कला साहित्य उत्सव’को चौथो संस्करण सोमबार सकिएको छ।

‘साहित्य लेख्दा शब्द प्रयोगमा विचार पुर्‍याऊ’

सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्