‘म हुनुको अर्थ मेरो प्रश्नमा छ’
लोकतन्त्र र आलोचनाको कुरा गर्दा लोकतन्त्रको कुराकानी भनेर यो आञ्चलिक ठाउँमा उभिएर भन्दाखेरि कुनै अप्ठ्यारो महसुस हुँदैन।
लोकतन्त्र र आलोचनाको कुरा गर्दा लोकतन्त्रको कुराकानी भनेर यो आञ्चलिक ठाउँमा उभिएर भन्दाखेरि कुनै अप्ठ्यारो महसुस हुँदैन।
साहित्यकार क्षेत्रप्रताप अधिकारीले लालीगुराँसलाई यसरी व्याख्या गरेका थिए। स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा लागिगुराँसलाई मानिसको मनसँग दाजिएको छ।
महर्षि कश्यपका पुत्र पक्षीराज गरुडलाई भगवान् विष्णुको वाहन भनिएकोछ। एक पल्ट गरुडले भगवान विष्णुसित मृत्युपछि प्राणीको स्थिति, जीवको यमलोक-यात्रा, विभिन्न कर्मसित प्राप्त हुने नरक, योनी तथा पापीको दुर्गतिसित सम्बन्धित अनेक गूढ एवं रहस्ययुक्त प्रश्न सोधिए।
साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।
मिथक जस्ता सुनिन्छन्, बालकृष्ण पोखरेल। वाक्य पछाडि ‘रे’ जोडेर गरिने उनीबारे हल्ला प्रशस्त छन्। तिनमा कति सत्य छन् कति अतिरञ्जना। सत्य र अतिरञ्जनाबीच एउटा आइकन बनेर बाँचे उनी। नेपाली भाषाका यी आइकनले शनिबार राति १ बजे विराटनगरस्थित आफ्नै घरमा ८६ वर्षे जीवन यात्रा पूरा गरे भन्ने थाहा पाउँदा भाषा, साहित्य, इतिहास र संस्कृतिका विद्यार्थी स्तब्ध भए।
वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिन नै छ। अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड - यिनी दुवै विषयहरूको सर्वांगीण निरूपण गरिएको छ। चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका छन्।
फागुन १८ गते कीर्तिपुरमा बाल साहित्य महोत्सव हुने भएको छ। कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीको तत्परतामा ‘दोस्रो किर्तिपुर बाल साहित्य महोत्सव २०७५’ हुन लागेको हो।
नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।
नेपाली साहित्यका अन्वेषक, संकलनकर्ता, विभिन्न पुस्तकका सम्पादक र लेखकका रूपमा परिचित शिव रेग्मी अब रहेनन्। बुधबार दिउँसो उनको निधन भएको रेग्मी सम्बद्ध स्रोतले जनाएको छ।
‘कला साहित्य उत्सव’को चौथो संस्करण फाल्गुण १८ गतेबाट काँकडभिट्टामा सुरु हुने भएको छ। कार्यक्रम ३ दिन(१८, १९, २० गते) चल्नेछ। अघिल्ला वर्षहरुझैँ यो वर्ष पनि कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवं पर्यावरणलाई समेटिने कार्यक्रम संयोजक हरि तिम्सिना बताउँछन्।
नारी साहित्यकार गंगा लिगललाई भक्तपुरमा अभिनन्दन गरिएको छ। लिगलले कथा, कविता, खण्डकाव्य, मुक्तक, गीत, लघुकथा, उपन्यास आदि साहित्यका विविध विधाका दुई दर्जन भन्दा कृति प्रकाशनसँगै विदेशमासमेत साहित्यिक संस्था स्थापना गरेर नेपाली भाषा साहित्यको सेवा गरिरहेकी छिन्।
साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।
ऐतिहासिक नगरी पनौतिका सूर्यप्रसाद लाकोजू सक्रिय साहित्यकार हुन्। उनी गीत, कविता, मुक्तक र हाइकु लेख्छन्। उनको गीत संग्रह ‘सुसेली’, तीन वटा मुक्तक संग्रहहरु ‘भावनाका फूलहरु’, ‘फूलहरुको मेला’ र ‘शाश्वत श्वरहरु’, दुइटा कविता संग्रह ‘मेरो मन मेरो मीत’, ‘घामको चुम्बन’ अनि दुई हाइकू संग्रहहरु, ‘गुराँस फूल्ने मनहरु’ र ‘अक्षरका श्वरहरु’ प्रकाशित छन्।
नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो।
पुराणहरू साहित्यका उपजीव्य ग्रन्थ हुन्। पुराण शब्दको अर्थ पुरानो हो। ‘पुरा अपि नवं’ प्राचीन भएर पनि नयाँका रूपमा पुराणलाई लिइन्छ। त्यसैले पुराणहरूमा प्राचीन संस्कृतिसित सम्बद्ध र सार्वकालिक सन्देश दिने आख्यान–उपाख्यान छन्। वेद परमेश्वरका श्वासप्रश्वास भएकाले र पुराणहरू पनि वेदकै व्याख्यात्मक ग्रन्थ भएकाले पुराणलाई पनि परमेश्वरबाट सृष्ट रचनाका रूपमा लिने गरिन्छ। परमात्माको निश्वास रूप हुन्– ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद पुराण।