अफ्रिकी कविताको कथा - [१]
बितेका तीन दशकमा अफ्रिकाले आफ्नो आत्मसंघर्षद्वारा स्वतन्त्र राष्ट्रको महाद्वीपको रुपमा आफूलाई स्थापित गरेको छ। औपनिवेशिक व्यवस्थाको बिरुद्ध एक स्वतन्त्र र स्वायत्त व्यवस्थाको विकास भयो। अफ्रिकी लेखकहरुले ती घटनाहरुको पात्र भएर हेरे र आफ्नो लेखनको माध्मबाट अफ्रिकी लेखन, आचरण र कलाको नयाँ चरित्र निर्माण गरे।