छक्क पर्छु
नुन नभएको देशमा दस थरीको कानुन,यो देशको कानुन भगवानै जानून्...,सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’
नुन नभएको देशमा दस थरीको कानुन,यो देशको कानुन भगवानै जानून्...,सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’
भरे साँझ घर पुगेपछि उहाँसँग यतिखेर खिचिएका फोटाहरू फेसबुकमा पोस्ट गर्नुस्। त्यसो गर्दा एउटा कुरा हेक्का राख्नुस् कि उहाँसँगका पुराना फोटालाई पनि एकसाथ पोस्ट गर्नुस् ताकि त्यो पोस्ट देख्नेहरूले बुझून्– उहाँसँगको तपाईंको सम्बन्ध पुरानै हो ।
पछि पछि यही गीतको काउन्टरमा हो कि त्यो गीत बज्नुभन्दा अघिदेखि नै हो, झोलामा ‘रेडबुक’ बोक्ने गरिए।
जसले जुवाको दाउ हानेर जित्छ, उसले जितेको रकमबाट एउटा निश्चित अघोषित ‘कर’ उठाउने हामी तमासेको ‘ड्युटी’ हुन्थ्यो।
झ्याप्प सेता दाह्री, कुनै ऋषिझैँ देखिने उनको आकर्षक व्यक्तित्व ! सम्भवतः बाल्यकालमा, यस्तो रूप भएका व्यक्तिले नै ‘पिँजडाको सुगा’ लेखेका होलान् भन्ने हामीलाई के थाहा ? हुन पनि, हामीलाई थाहा हुनु र नहुनुसँग त्यो कविता र कविता लेख्नेबीचको के सम्बन्ध, हाम्रो केटाकेटी दिमागको लागि ? हामीलाई त त्यतिखेर त्यो कविता गाउनुमा नै रमाइलो थियो।
सुरूमै स्पष्ट गरूँ, लोग्नेमान्छेलाई प्रतीक बनाएर काव्यात्मक शैलीमा कवयित्री बाबा बस्नेतले लेखेका ‘भालेहरू’ शीर्षकको कवितामा प्रयुक्त उपर्युक्त पंक्तिहरूप्रति कुनै विमति राखेर यसलाई नारीकुण्ठाको अभिव्यक्ति मान्न खोजिएको होइन।
हामी राजनीतिक पार्टीको नेताको हातबाट रातो टीका थापेर पार्टी–प्रवेश गर्छौं र प्रज्ञाप्रतिष्ठानको सदस्य बन्छौँ। कुनै पनि स्वाभिमानी लेखकका लागि योभन्दा लज्जास्पद र हीनताबोधको कुरो अर्को के होला ? अब यस्तो स्थितिमा कसैले भनिदेओस्– राजनीतिक पार्टीको जुठो नुन खाएका जुनसुकै विधाका÷उमेरका कथित लेखकले के–कस्तो साहित्य सिर्जना गर्ला ?
२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो।
प्रेम के हो ? यसको कुनै निश्चित परिभाषा छैन। कुनै शब्द वा वाक्यहरूमा मात्रै पनि सीमित छैन प्रेम। साँँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद; केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय– प्रेम।
अवश्य हैन। उनी आँखाले हेर्छन् मात्रै, अनुभूति उनको मुटुले गर्छ। जब–जब यात्राको क्रममा उनी देशभित्रै होस् वा मातृभूमि छाडेर विदेश पुग्छन्, त्यतिखेर हिमालयका सेताम्मे हिउँ देख्दा उनलाई डाँडाकाँडामा ढकमक्क फुलेका लालिगुराँसझैं महसुस हुन्छ।
शब्द केवल शब्दकोशमा मात्रै पाइन्नन्। कतिपय शब्दहरू यस्ता हुन्छन्, जुन शब्दकोश बनाउनेहरूलाई पनि थाहा हुँदैन। सबै थाहा हुनै पर्छ भनेर भन्न पनि मिल्दैन। अर्को वाक्यमा भन्ने हो भने शब्दहरू शब्दकोशमै मात्र सीमित हुँदैनन्। भनिन्छ– महाकवि देवकोटा नयाँ–नयाँ नेपाली शब्दहरू निर्माण गर्न निपुण थिए, उनका नौला शब्दहरूले नेपाली भाषा बलियो हुनमा निकै ठूलो योगदान पु-याएका छन्।
नजीकै रेडियोमा बजिरहेको थियो मालश्री–धून। यही धूनसँगै आँगनमै दशैँ भित्रिसकेको सङ्केत थियो । तर दशैँकै बेला मात्रै किन बज्छ यो धून ?
राजतन्त्रको बेला तत्कालीन राजा महेन्द्रले ‘गाउँ फर्क अभियान’ नामक एउटा महान् योजनाको सुरूवात् गरेका थिए । अर्को अर्थ नलागेमा– पछि एमालेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्तै एउटा नारा थियो त्यो । अर्थात् गाउँको विकास नै समग्र राष्ट्रको विकास हो भन्ने अर्थ थियो त्यसको।
राजधानीको कमलादीस्थित रातो घर, अग्रभागमा लेखिएको छ– नेपाल प्रज्ञाप्रतिष्ठान । कुनै बखत त्यहीँ लेखिएको थियो– नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान । तर, राजाको सत्तासँगको लडाइँमा राजकीय भन्ने शब्दलाई राजा–शब्दसँग जोडी, त्यो शब्दमाथि नै ‘साहित्यिक लडाकूहरू’ले आपत्ति जनाएर राजकीय–शब्द हटाए ।