उदयपुरका क्वारेन्टाइन रित्तिँदै
त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोविड–१९) को केन्द्रबिन्दु मानिन पुगेको उदयपुरमा यो साता दिनयता क्वारेन्टाइन रित्तिँदै गएका छन्।
त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोविड–१९) को केन्द्रबिन्दु मानिन पुगेको उदयपुरमा यो साता दिनयता क्वारेन्टाइन रित्तिँदै गएका छन्।
रुपन्देहीका कोरोना संक्रमित युवाको सम्पर्कमा आएका थप १४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित युवा नेपाल पसेलगत्तै उनले खाना खाएको आफन्तको घरका सदस्य र उनका दाजुका सशुराली परिवारका १४ जनामा गरीएको पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमितको सम्पर्कमा आएका वा बाहिरबाट आएर जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना परीक्षण गर्न आवश्यक पर्ने आरडिटी किट र भिटीएम अभाव भएको छ।
नेपालगन्जका पहिलो कोरोना संक्रमित ब्यक्तिको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी ६० वर्षिय पुरुषलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना पुष्टी भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट २३ जना कोरोना संक्रमित फेला परेपछि मंगलबारबाट ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको काम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित एक महिलाको चौथोपटकको स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ ।
बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेको छ । छिमेकी जिल्लामै कोरोनाका बिरामीहरु बढेपछि दाङ नागरिकहरु त्रस्त बनेका छन् । स्थानीय प्रशासनले पनि कोरोना संक्रमणको जोखिम बढेपछि उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यि कुनै पनि नाकाबाट नागरिकहरु आवत जावत बन्द गर्नेगरि प्रशासनले नाकामा सुरक्षा निगरानी बढाईएको हो ।
या त कोभिड–१९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमा छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ।
बाँकेमा फेला परेका कोरोना संक्रमित ब्यक्तिका परिवार तथा आफन्तलाई कडा निगरानीमा राखिएको छ। नेपालगन्जका मस्जिदमा बसोबास गर्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा डिएसपी रोड निवासी ६० बर्षिय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।
विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् ।
रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको सीमानाकासम्म आइपुगेका उनी वैशाख ५ गते लुम्बिनीस्थित कालिदह नाका आसपासबाट लुकेर नेपाल पसेको उनका दाजुले बताएका छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाका दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि संक्रमितका परिवारका सदस्य र नजिक बस्दै आएकाहरुलाई पहिचाल गरि क्वारेन्टाइनमा पठाउने कार्य सुरु गरिएको बारा प्रहरीले जनाएको छ। कोरोना भाइरसको थप संक्रमण फैलिन नदिनको लागि संक्रमितहरुसँग बसोबार गरेकाहरुलाई पहिचाल गरि क्वरेन्टाइनमा पठाउनुको साथ साथै उनीहरुले बस्दै आएका टोललाई सुरक्षा घेरामा राखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।
महामारीकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्रसित बनाएको सर्वविदितै छ। नेपालमा वैशाख १७ सम्म ५४ जना संक्रमित भएका छन्।
नेपालमा दुई जना कोरोनाभाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमण पुष्टि भएको हो।
रौतहटमा कोरोना संक्रमण भेटिएका दुई जनाको सम्पर्कमा आएकाहरुको पहिचान गरेर स्वाब संकलन भइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रौतहटका तीन ठाउँमा स्वाब संकलन भइरहेको जानकारी गराएका छन् ।