पूर्वाधार बजेट एकलौटी पारेको आरोप
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट नेकपाका सांसदले एकलौटी बाँडेको भन्दै कांग्रेस सांसदले विरोध जनाएका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट नेकपाका सांसदले एकलौटी बाँडेको भन्दै कांग्रेस सांसदले विरोध जनाएका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत डडेल्धुरामा २४ वटा योजना छनौट गरिएका छन्। प्रतिनिधी सभा एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यस चालु आर्थिक वर्षमा २४ वटा योजना छनौट गरी पाँच करोड ९२ लाख ५० हजार रकम विनियोजन गरिएको छ।
उदयपुरका स्थानीय तहहरु कुनै भाडाका घरमा सञ्चालित छन् त कुनैले पुराना भवन टालटुल गरेर जसोतसो काम चलाउँदै छन्। कतिपय स्थानीय तह बाँसका छाप्रामा कार्यालय भवन चलाउनुपर्ने बाध्यतामा छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट शतप्रतिशत शिक्षामा लगानी गरिने भएको छ।
हतारहतारमा बनाइएका पूर्वाधारबीच पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य शुभारम्भ गरिएको छ। पोखराको खेलकुद इतिहासमै पहिलो पटक आयोजना गरिएको सागलाई भव्य बनाउन यहाँ हतारबीच पूर्वाधार बनाइएको थियो। तर ती निर्माणाधीन पूर्वाधारलाई अधुरै राखेर प्रतियोगिता शुभारम्भ गरिएको छ।
विकासको मेरुदण्ड मानिएको पूर्वाधार निर्माणमा कर्णालीले गति लिन नसक्दा अझै दुर्गमताको पगरी गुथ्नुपरेको छ। जथाभावी सडक निर्माण गरिए पनि यातायात सञ्चालन हुन सकेको छैन। प्राविधिक मूल्यांकन नगरी जथाभावी खनिएका सडकले पहिरो, भूक्षयजस्ता समस्या निम्त्याएका छन्।
सरसर्ती कुरा सुन्ने हो भने निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिम्मेवारी पूरा गर्दैनन् भन्ने पत्याउन गाह्रो पर्छ। तर पछिल्लो २१ महिनामा उनले कुराअनुसार काम भने गर्न सकेनन्।
निर्वाचित संघीय सांसदको तजबिजीमा करिब १० अर्ब रुपैयाँका योजना तयार भएका छन्। ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत सांसदले निर्वाचन क्षेत्रमा आफ्नो इच्छा अनुसार नौ अर्ब ९० करोड रुपैयाँका योजना तयार गरेर जिल्ला समन्वय समितिमा पेस गरेका हुन्।
आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका छन्।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पूर्वाधार निर्माण अन्तिम चरणमा रहेकाले साग हुँदैन भनेर टीकाटिप्पणी गर्न नहुने जिकिर गरेका छन्। पोखरा रंगशालाभित्र निर्माणाधीन पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुई साताभित्र तयार भइसक्ने दाबी गरे। ‘निर्माण कम्पनीले दुई साताभित्रमा मैदान तयार हुने प्रतिबद्धता व्यक्त गरेको छ, ’ उनले भने, ‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ। ढुक्क हुनुहोस्।’ भौतिक पूवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाइ थियो।
उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।
काठमाडौँ विश्वविद्यालयबाहेक देशका सबै विश्वविद्यालयको भौतिक पूर्वाधार अत्यन्त दयनीय छ। विश्वविद्यालय भनेको सम्बन्धन दिने ‘अफिस’ भनेर बुझेकाले यस्तो भएको हो।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताएका छन्।
जिल्ला समन्वय समिति उदयपुरमा २ वर्षदेखि रोकिएर रहेको मौज्दात ८ करोड बढी रकम जिल्लाको भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी वितरण गरिने भएको छ।
नौबिसे–नागढुंगा सडकखण्डको वैकल्पिक मार्ग धार्के–सीतापाइला सडक निर्माण तथा स्तरोन्नति कार्य सुस्त भएको छ। अत्यधिक जामछल्न निर्माण थालिएको सडकखण्ड मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि अहिले निर्माण कार्य नै ठप्प भएको छ।