१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोटमा विवाद भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योजना छनोटमा एकलौटी गर्न खोजेको भन्दै अन्य सांसद तथा स्थानीय तहका प्रमुखहरूले योजना छनोट बैठक नै बहिष्कार गरेपछि विवादित बनेको हो।

मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको ‘सरुवा’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यांकन प्रक्रियामा आफूनिकट व्यक्तिलाई बोलपत्र पार्ने योजनामा पनि उनी बाधक बनेका थिए ।

सागका लागि बीच भलिबलको मैदान निर्माण

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ।

दिशाहीनमा नेपाली अर्थतन्त्र– विकासको नीति र राजनीतिको खोजी

सन्धि र परिपत्रहरुमा दुई देशबीच सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउने भनिएता पनि नेपाल भारतसँग झन धेरै परनिर्भर हुँदै आएको तथ्यलाई पुस्तकको विभिन्न अध्यायमा चर्चा गरिएकोे छ।

खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा

बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ। प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ।

५५ दरबन्दीमा ३२ रिक्त, कामकाजमा समस्या

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीको आधाभन्दा कम कर्मचारी हुँदा दैनिक कामकाजमा समस्या परेको छ।

लगानी बढाउँदै चिनियाँ बैंक

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ। बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरु र अरु एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रबर्द्रधन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

करमा अघि, पूर्वाधार विकासमा पछि

महानगरपालिका हुनका लागि एक अर्ब आन्तरिक आय हुनुपर्ने सर्त भरतपुर महानगरपालिकाले पूरा गरेको छ। गएको आर्थिक वर्षमा महानगरपालिकाले एक अर्ब १७ करोड ९२ लाख तीन हजार आन्तरिक आय अनुमान गरिएकामा एक अर्ब ४७ करोड ३२ लाख ६६ हजार आम्दानी भएको महानगरपालिकाकी राजस्व महाशाखा तथा शासकीय सुधार एकाइ प्रमुख सिर्जना थपलियाले जानकारी दिइन्।

चीनले विश्व व्यवस्था उल्टाउन खोजेको हो त ?

पछिल्ला केही वर्षयता सांघाई सहकार्य संगठन, एसियाली पूर्वाधार लगानीबंैकर नयाँ विकास बैंकलगायत नयाँबहुपक्षीय संस्था स्थापनामा चीनको नेतृत्वदायी भूमिका देखिएको छ। जसका कारण चीन सरकारले विद्यमान विश्व व्यवस्था विघटन गर्न खोजेको पो हो कि भन्ने आशंका उत्पन्न भएको छ। यसो भन्दै गर्दा एउटा कुरा नभुलौंः विद्यमान विश्व व्यवस्थाबाट चीनले धेरै फाइदा उठाएको छ। यही विश्व व्यवस्थामा चीन सक्रियतापूर्वक भाग लिइरहेको छ र अझ दिलोज्यानले यो व्यवस्थाको रक्षा गरिरहेको छ।

तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा

पूर्वोत्तर नेपालको बहुप्रतीक्षित तमोर करिडोर सहितका ठूला योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फेरि प्रदेशकै कार्यक्रममा समेटेको छ।

‘पूर्वाधार विकासबाट समृद्धि’

नेपाल पूर्वाधार सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको छ। नेपाल उद्योग परिसंघले विभिन्न निकायसँगको साझेदारीमा सम्मेलन आयोजना गरेको हो। पूर्वाधारमा पर्याप्त स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

पूर्वाधार मुलुक विकासकाे मेरूदण्ड

नेपाल उद्योग परिसंघ (सिएनआई)ले पूर्वाधार सम्मेलनको आयोजना गरेको छ। नेपाल लगानी बोर्डसहितका सरकारी निकायको समेत सहभगितामा भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गरेको सम्मेलनमा स्वदेश र विदेशी गरी पाँच सय बढी प्रतिनिधि सहभागी हुँदैछन्।

व्यवस्थापनमा व्यापक सुधार

कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’।

पूर्वाधार विकासमा इँटा उद्योगको योगदान महत्वपूर्णः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वाधार निर्माण तथा घरको निर्माणमा इँटा उद्योगको महत्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघको ११ औँ वार्षिक साधारणसभालाई रौतहटको चन्द्रपुरमा सम्बोधन गर्दै मन्त्री यादवले इँटा उद्योगलाई नयाँ प्रविधियुक्त र  वातावरणमैत्री बनाएर लैजान उद्योगीहरु तयार भए मन्त्रालय समन्वय गर्न र उद्योगीका अन्य समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।

पूर्वाधार सम्मेलनमा कर्णालीको सहभागिता हुने

नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारीस्वरूप कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्यसचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्