५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पूर्वाधार सम्मेलनमा कर्णालीको सहभागिता हुने

काठमाडौं – नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारीस्वरूप कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्यसचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष  शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए।

मुख्यमन्त्री शाहीले परिसंघले आयोजना गर्न लागेको तेस्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेमचेन्जर परियोजना प्रस्तुत गर्ने बताए। कर्णाली प्रदेशले सम्भावित करिब एक दर्जन परियोजनालाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, कर्णाली प्रदेशले समेत निकट भविष्यमा लगानी सम्मेलन आयोजना गर्ने र सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले उल्लेख गरे।

यसपटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा सम्मेलनपूर्व छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम छ। त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ।

प्रकाशित: ९ भाद्र २०७६ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App