३ असार २०८१ सोमबार
image/svg+xml

पोखराको होटलमा महिलाको मृत्यु, अनुसन्धानको घेरामा ६ जना

पोखराको नागढुंगास्थित होटलमा बसेकी महिलाको मृृत्यु भएको छ। तनहुँ भिमाद स्थायी घर भई नागढुंगास्थित शिला रेष्टुरेण्टमा विगत दुई वर्षदेखि काम गर्दै आएकी ३८ वर्षिय सुकु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नगरकोटमा सोल्टी होटल्स र रिसोर्ट्सको पोर्टफोलियो विस्तार

नगरकोटमा सोल्टीको होटेल्स तथा रिसोर्टस्को उत्कृष्ट सेवा तथा उत्पादनहरुको विस्तार गरिएको छ।

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीको छाता संस्था होटल संघ पोखराले ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको छ। संघले यो अभियान दुइ दशकदेखि चलाईरहेको छ। पोखरामा आन्तरिक पाहुना भित्र्याउन यो अभियान फलदायी बनेको संघको विश्वास छ। अहिलेको अभियानले आगामि दिनमा पोखरामा थप आन्तरिक पाहुना भित्रिने संघले बताएको छ।

होटलले क्षमता विस्तार गरेसँगै टर्‍यो यात्रुका समस्या

म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ।

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन्। बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्।

‘होटलका कोठा अपराधस्थल नबनून्’

वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठा अपराधस्थल बन्न नदिन होटल व्यवसायीहरूलाई आग्रह गरेका छन्।

होटलका कोठालाई अपराध गर्ने ठाउँ नबनाऔ

बेलाबेला होटलमा आपराधिक गतिविधि हुने गरेको भन्दै यहाँस्थित बैदाम चौकीका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले होटलका कोठालाई अपराध गर्ने स्थल नबनाउन व्यवसायीलाई आग्रह गरेका छन् ।

व्यवसायी भन्छन्– अब मर्न मात्र बाँकी छ !

विदेशी पर्यटक आउने मुख्य याममा पनि होटलहरूमा पर्यटक नआउँदा लुम्बिनीका होटल व्यवसायीहरू चिन्तित छन् ।

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन। पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे।

सौराहमा घटे पर्यटक

आर्थिक गतिविधि बढ्ने समय हो।विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।

अमेरिका हिँडेका नेपाली पाँच महिनादेखि फिलिपिन्समा बन्धक

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’

‘फेवाताल क्षेत्रमा मात्र पर्यटन केन्द्रीत नगरौं’

पोखराको पृथ्वीचोक क्षेत्रका होटल व्यावसायीले फेवाताल आसपास (लेकसाइड)लाई मात्र पर्यटकीय क्षेत्रको रुपमा राज्यले बुझेको गुनासो गरेका छन्। पोखराको बजार क्षेत्र पर्यटनको हब होइन भनेर गलत प्रचार गर्ने गरिएको उनीहरुको भनाई छ ।

आर्थिक नगरीका होटलमा पनि मन्दी

नेपालको आर्थिक तथा औद्योगिक नगरीको रूपमा रहेको वीरगञ्ज र सिमरा करिडोरमा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्