७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नगरकोटमा सोल्टी होटल्स र रिसोर्ट्सको पोर्टफोलियो विस्तार

सोल्टी होटल्स र रिसोर्ट्सले पोर्टफोलियो विस्तार गर्दे नगरकोटमा नयाँ लक्जरी रिसोर्ट्स सञ्चालनमा ल्याएको छ। 

जनवरी १ देखि तायो इको रिसोर्टका नामबाट परिक्षण सञ्चालनमा रहेको उक्त रिसोर्टस सोल्टी वेस्टेन्ड रिसोर्टस् कार्तिक २६ गतेबाट सञ्चालनमा आएको हो।

सोल्टी होटेलको आतिथ्य जगतको यात्रा सन् १९६६ देखि निरन्तर जारी छ र यस परिवर्तनकारी यात्राले नेपालमा पर्यटकहरुको आतिथ्य अनुभवलाई थप समृद्ध बनाउँदै सोल्टी होटेल्स एण्ड रिसोर्टस् को यो नविनतम उपक्रमले देशको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ।

नगरकोटको मनमोहक हिमालय श्रृंखलाहरूको विहंगम पृष्ठभूमि, वारीपारी देखिने हरियो घना जङ्गलहरू, काठमाण्डौं उपत्यकाको बेशीतर्फको खेतबारीहरू तथा समतल प्रसिद्ध नेवारी तथा विशाल बस्ती, विचित्र ग्रामीण र गाउँहरूको मनमोहक बस्तीहरू, र उत्तरी हिमालयको उच्च श्रृंखलाहरूको प्राकृतिक रोमान्चकारी दृश्यहरू बीच यो सोल्टी वेस्टेन्ड रिसोर्टस् नगरकोट शान्ती डाँडामा अवस्थित छ।

नगरकोटको मुटुमा रहेको यो सोल्टी वेस्टेन्ड रिसोर्टस्ले पर्यटक अतिथिहरूको विभिन्न सेवा सुविधाका प्राथमिकताहरू पूरा गर्नेछ र पर्यटकीय आवासको सम्पूर्ण व्यवस्था गर्ने गर्दछ। सोल्टी वेस्टेन्ड रिसोर्टस् नगरकोट रिसोर्टमा १२ वटा मनमोहक दुई तले भवनहरु छन्।  

प्रकाशित: २७ कार्तिक २०८० ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App