९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पोखराको होटलमा महिलाको मृत्यु, अनुसन्धानको घेरामा ६ जना

पोखराको नागढुंगास्थित होटलमा बसेकी महिलाको मृृत्यु भएको छ। तनहुँ भिमाद स्थायी घर भई नागढुंगास्थित शिला रेष्टुरेण्टमा विगत दुई वर्षदेखि काम गर्दै आएकी ३८ वर्षिय सुकु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

प्रहरीका अनुसार विक पोखरा नागढुंगास्थित युनिक होटलमा बसेकी थिईन्। होटलकै कोठामा अचेत अवस्थामा भेटिएपछि प्रहरीले उद्धार गरेको थियो। उद्धार गर्दै उपचारको लागि चरक मेमोरियल अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। विकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।  

डिएसपी विकका अनुसार घटनामा संलग्न भएको आशंकामा ६ पुरुषसँग सोधपुछ भईरहेको छ। ‘६ जना व्यक्तिमाथि अनुसन्धान भईरहेको छ,’ विकले भने ।  

प्रकाशित: ६ मंसिर २०८० ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App