मेडिकल शिक्षामा हुने अनियमितता छानविन गर्न उपसमिति
मेडिकल शिक्षा क्षेत्रमा अनियमतिता बढ्दै गएपछि प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन अघि बढाउने भएको छ।
मेडिकल शिक्षा क्षेत्रमा अनियमतिता बढ्दै गएपछि प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन अघि बढाउने भएको छ।
संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।
मुलुकमा चलिरहेका ठूल्ठूला लुट प्रकरणबीच साझा प्रकाशनमा भएका अनियमितता सामान्य लाग्न सक्छन्। देशमा अर्बौंका परियोजना चलिरहेका ठाउँमा यो संस्था ठूलो नभए पनि प्रभाव भने साहित्यिक र बौद्धिक क्षेत्रमा ठूलो छ। सार्वजनिक संस्थानमा राजनीतिक प्रभावमार्फत् प्रवेश गरी त्यसका स्रोतसाधनमा दोहन आम प्रचलन भइरहेको छ। निजी क्षेत्रमा प्रकाशन संस्था चलाइरहेका डोलिन्द्र शर्मा राजनीतिक प्रभावका आडमा साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीमा सहजै पुग्न सफल भएका पात्र हुन्।
करिब तीन वर्ष अघि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले खरिद गरेको ल्याटप तथा डेस्कटपमा ठेक्का मिलेमतो गरी अनियमितता गरेको तथ्य फेला परेको छ। प्राधिकरणका कम्प्युटर इन्जिनियर हरिप्रसाद प्रोख्रेल र म्याक्स इन्टरनेसनलका प्रबन्धनिर्देशक अकबर हुसेनको मिलेमतोमा प्राधिकरणले तोकेको मापदण्डविपरीत न्यून गुणस्तरको ल्यापटप तथा डेस्कटप खरिद गरेको खुल्न आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले अनियमितता तथा घोटाला गरेको भन्ने विषयमा छानविन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा पठाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियारले विगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा विस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ। तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले कर्माछिरिङ शेर्पा नेतृत्वले फिफाबाट फुटबल विकासमा लागि प्राप्त गरेको रकममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन्।
राष्ट्रियसभा बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका साथै वाइडबडी जहाज खरिदमा पहिलो किस्ता बुझाउने व्यक्तिको खोजी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन खोजी गरे भने सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका खोजी गरे।
नेपाल आयल निगममा पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका हुन्।
माघ २८ अर्थात अख्तियार दिवस। पछिल्लो कानूनी संरचनाको आधारमा अख्तियार स्थापना भएको तीन दशक पुग्दै छ। यो अवधिमा अख्तियारका धेरै वर्ष चर्चाबाहिरै बिते। २०४६ सालको परिवर्तनपछिको नेपाल अधिराज्यको संविधान, २०४७ ले आजको रुपमा अख्तियारको कल्पना गरेको हो।
सार्वजनिक लेखा समितिले प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको निष्कर्ष निकालेको छ। प्रदेश नम्बर ५ को प्रदेशसभा र सरकारले खरिद गरेको टाटा कम्पनीको स्ट्रोम गाडीमा आर्थिक घोटाला भएको निष्कर्ष निकालेको छ।
हुलाकी राजमार्ग अन्तर्गतको वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा ठेकेदार कम्पनीले पुरानै ग्राभेल र गिटी प्रयोग गरेको फेला परेको छ। एक फिट मोटाइ र १२ मिटर चौडाइको सडकमा नयाँ ग्राभेल राख्नुपर्ने सम्झौता गरे पनि कम्पनीले पहिलाको कालोपत्रे उप्काएको फोहोरसहितको ग्राभेललाई एक ठाउँबाट उठाएर अर्को ठाउँमा प्रयोग गरेको फेला परेको हो।पहिलादेखि लगभग आठ मिटर हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालाबाहेक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।
कर्णाली प्रदेश सरकारले वैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। प्रदेश सरकारले संसद्लाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानबिनका लागि सार्वजनिक लेखा समिति समितिले कात्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो।