१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बिपीका उपकुलपतिविरुद्ध अख्तियारमा सिफारिस

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले अनियमितता तथा घोटाला गरेको भन्ने विषयमा छानविन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा पठाएको छ।

प्रतिष्ठानमा विगतदेखि अनियमितता भएको विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचार र सरकारद्वारा गठित दुईओटा छानविन समितिको प्रतिवेदनका आधारमा विशेष छानविनका लागि सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सिफारिससाथ छानविन समितिले पेश गरेको प्रतिवेदन पनि अख्तियारमा पठाइएको छ।

मन्त्रालयका अनुसार छानविन समितिको प्रतिवेदनमा भवन निर्माणमा अनियमितता, एमआरआई तथा अन्य उपकरण खरिद प्रक्रिया, अस्पतालका सामग्री खरिद प्रक्रियालगायत विषयमा अनियमितता भएको उल्लेख रहेकोमा थप अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरिएको हो।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव तथा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका निजी सचिव भवननाथ खतिवडाले भने, ‘विगतदेखि अनियमितता भएको विषय उठिरहेकाले छानविन समितिको प्रतिवदेनको आधारमा अनुसन्धान गर्न अख्तियार सिफारिस गरेको हो।’ खतिवडाले कति अनयिमितता भएको भन्ने विषयमा भने बताउन चाहेनन्।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App