२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो

नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ।

‘गाईभैँसीबाटै आम्दानी हुन थालेपछि पासपोर्ट नै फालिदिए’

एक दशक खाडीमा बिताएर गाउँ फर्किएका ढुंगानाको फार्ममा अहिले २२ वटा दुहुना गाईभैँसी छन् भने १० वटा ब्याउनी गाईभैँसी छन्।

अनियन्त्रित नदी दोहनले निम्त्याउँदै संकट

मधेसमा बाढीको वितण्डा र सुक्खापनको मूल कारण चुरे पहाड भएको प्रस्ट भए पनि मधेसकेन्द्रित दलका नेता र सरकार नदी दोहन नियन्त्रणमा गम्भीर भएको पाइँदैन। नदी जोतेर, चुरे खोस्रेर ढुंगाको धन्दा तीव्र भइरहँदा पनि तैं चुप मै चुपको अवस्थाले मिलेमतोमा यस्तो काम भइरहेको पुष्टि गर्छ।

बिस्थापित हुँदै प्याराग्लाइडिङ पाइलट, गुमनाम जस्तै बन्यो पोखराको प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइलटहरुको पनि गुनासो छ। सिजनको बेलाको उडान पनि सोचेजति हुन नसकेको उनीहरु बताउँछन्।

सराङकोटमा हुने प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट

गत जनवरी १ देखि सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएको छ। सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भइरहेको छ।

नागढुंगा सुरुङमार्ग निर्माण एक वर्षपछि धकेलिने

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ।

पोखराको प्याराग्लाइडिङः मान्द्रेढुंगामा उडेपछि तीनसय फिट भन्दा माथि जान नपाइने

मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने भनेर हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ। यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ।

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

नागढुंगा–नौबिसे सुरुङ मार्गमा पहिरो

निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गतको फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ।

सुरूङमार्ग निर्माण गर्न स्वदेशी जनशक्ति तयार

‘नेपालमा सुरूङमार्ग सम्बन्धी ज्ञान भएका इन्जिनियरको संख्या निकै कम छ’, उनले भने– ‘सुरूङमार्ग सम्बन्धी ज्ञान, सीप र अनुभव हासिल गर्न यो परियोजना निकै लाभदायक भएको छ।’ – नौबिसे सुरूङमार्गका आयोजना निर्देशक नरेशमान शाक्य

करार निस्कासनविरुद्ध खोटाङको जन्तेढुंगामा एमालेले गर्‍यो तालाबन्दी

२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको विरोधमा तालाबन्दी गर्न पुगेको उसले साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णयविरुद्ध वडा र गाउँपालिका कार्यालयमा ताला लगाएको थियो। तर, सेवा अवरुद्ध भएको भन्दै प्रहरीको सहयोगमा जनप्रतिनिधिले ताला तोडेर काम सुचारु गरेपछि माग पुरा नगरी ताला तोडेको भन्दै आइतबार दोस्रो पटक ताला लगाएको हो।

श्रीलंकाको राम्रो सुरुवात

दिनेश चण्डीमलको लगातार चौथो अर्धशतकीय प्रेरणामा श्रीलंकाले गालेमा जारी पाकिस्तानसँगको दोस्रो टेस्टको पहिलो दिन आइतबार राम्रो सुरुआत गरेको छ।

तीन महिना समय र १८ करोड व्ययभार थप

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना निर्माणको क्रममा कमजोर चट्टान भेटिएर नयाँ भेरिएसन गर्दा र स्थानीय नागरिकको अवरोधले काम गर्न नपाउँदा आयोजनाको व्ययभार १८ करोड थपिने भएको छ।

नागढुंगा नौबिसे सुरुङमार्गः मुख्य सुरुङ करिव आधा खनियो

अघिल्ला महिनाहरूको तुलनामा पछिल्ला तीन महिनामा भने सुरुङ खन्ने गतिमा केही कमी आएको छ। स्थानीयवासीको अवरोधका कारणले सुरुङ खन्ने गतिमा कमी आएको हो। अप्रिलमा नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ ८७ मिटर मात्रै छिचोलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्