२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राजधानी सार्ने हो कि ?

राजधानी छिर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकमा सवारी जामका कारण सर्वसाधारणले ज्यानै गुमाएपछि गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर तत्काल यातायात सहज बनाउने व्यवस्था गर्न आदेश दिनुप¥यो।

नौबिसे-नागढुंगा सडकमा ठूला र मालबाहक सवारी रोक, जाम हट्यो

ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नौबिसे–नागढुङ्गा सडक खण्डमा सवारी आवागमन सहज भएको छ। दुई दिन अघिसम्म सवारी चापले आजित बनेको सडकमा प्रहरी परिचालन र ठूला मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएपछि जाम हटेको हो।

६ वर्षसम्म दिइएन चुनढुंगा खानी

सरकारले विदेशी लगानी ल्याउन पहल गरिरहेको बताइरहँदा नाइजेरियाबाट यहाँ लगानी गर्न आएको डांगोटे सिमेन्ट कम्पनीले ६ वर्षदेखि चुनढुंगा खानी पाएको छैन। सरकारी असहयोग कै कारण खानी नपाएपछि ५५ अर्ब रुपैयाँको विदेशी लगानी अनिश्चित बनेको छ।

रोक लगाइए पनि ढुंगा उत्खनन रोकिएन

रोक लगाइए पनि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगा उत्खननको काम रोकिएको छैन्।

सवारी चाप हुने समयमा कालोपत्रे

खाल्टाखुल्टी परेको नौबिसे–नागढुंगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ । चाडपर्वको समयमा अत्यधिक सवारी चाप बढ्ने र मानिसहरूको आवतजावत पनि बढी हुने भएकाले सवारी जाम बढेको छ।

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।

साढे १३ अर्बको सम्झौता

सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।

ओखलढुंगामा १० जना डेंगीका संक्रमित फेला

ओखलढुंगामा पनि डेंगी रोगका संक्रमित फेला परेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगीको लक्षण देखिएको हो।

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धलौटी बुझाएर रिहा भएका हुन्।

जिससद्वारा सरकारी सवारीसाधनको दुरुपयोग

जिल्ला समन्वय समिति ओखलढुंगाले नियम विपरित सरकारी सवारी साधन वितरण गरेको छ। समितिले विभिन्न स्थानीय तह तथा व्यक्तिलाई समेत सरकारी सवारी साधन वितरण गरेर दुरुपयोग गरेको हो।

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता

आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ। चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

चट्याङ लागेर वृद्धाको मृत्यु

ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

दासढुंगा सिक्वेललाई इजाजतको उकालो

प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजतमा कडाइ गरेको छ। १० वर्षअघि बनेको ‘दासढुंगा’ फिल्मको सिक्वेल ‘दासढुंगा २’ लाई चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत दिएको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्