२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

रोक लगाइए पनि ढुंगा उत्खनन रोकिएन

खोटाङको खाल्लेमा ढुंगा निकाल्दा सडकमा बनेको खाल्डो । तस्बिरः दमन/नागरिक

खोटाङ- रोक लगाइए पनि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगा उत्खननको काम रोकिएको छैन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको दिक्तेल–खानीडाँडा सडकखण्ड आसपासमा अवैधरुपमा ढुंगा खानी सञ्चालनमा रोक लगाइए पनि ढुंगा उत्खननको काम नरोकिएको स्थानीयले गुनासो गरेका छन्।

नगरपालिका र प्रशासनले खाल्लेको नाहिमा नजिक, अँधेरी खोला, सिद्धेश्वर गुफा, त्रिपुरेश्वर मन्दिरमाथि र गौथली भीर क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खननमा पटक–पटक रोक लगाए पनि ढुंगा निकासी गर्नेक्रम नरोकिएको भन्दै स्थानीयले प्रशासन समक्ष ढुंगा खानी रोक्का गर्न पुःन माग दोहो¥याएका छन्।

जथाभावी स्काभेटर र जेसिभि प्रयोग गरेर ढुंगा फुटाएर निकाल्नेक्रममा पानीको मुहान सुकेको, ढुंगा निकालेको ठाउँभन्दा माथि र मुनिको बस्ती पहिरोको जोखिममा परेको, जंगल र सार्वजनिक जग्गा समेत अधिग्रहण गरी ढुंगा खानी सञ्चालन गरिएको स्थानीय नारायण बस्नेतले गुनासो गरे।

अवैधरुपमा सञ्चालनमा रहेका ढुंगा खानी बन्द गर्नका लागि नगरपालिका, जिल्ला समन्वय समिति र प्रशासनलाई निवेदन दिइए पनि सुनुवाई नभएको मंगलबार प्रशासनलाई दिइएको निवेदनमा उल्लेख छ। ढुंगा उत्खननका काम नरोकिएपछि स्थानीय नारायण बस्नेत, सिताराम विष्ट, दिपक बस्नेत, कमला बस्नेतलगायतका ११ स्थानीय, युवा समाज सेवा गुठी र टोल सुधार समितिले तत्काल ढुंगा खानी रोकेर स्थानीयवासी र प्राकृतिक श्रोतको सम्पदाको संरक्षण गर्नका लागि पुःन अर्को निवेदन दिएको स्थानीय नेत्र कट्वालले बताए। रोक लगाइए पनि गत साउन २५ गते राती अवैधरुपमा ढुंगा निकासी गरिरहेको पाइएपछि नगरपालिकाले डोजर सहित एक निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको थियो।

दिक्तेल–खानीडाँडा सडकको आसपासबाट अवैधरुपमा भइरहेको ढुंगा उत्खननका कारण धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीको अस्तित्व खतरामा परेको भन्दै नगरपालिकाले सो क्षेत्रबाट ढुंगा उत्खननमा रोक लगाएको थियो। अबैधरुपमा ढुंगा खानी सञ्चालन गर्दा करिब एक किलोमिटरमाथि डाँडामा रहेको मझुवागढीको अस्तित्वमा असर पु¥याएको, खानेपानीको मुहान सुकेको र दिक्तेल–खानीडाँडा सडकमा थुप्रिएको ढुंगा माटोले सवारी साधनलाई आवत–जावतमा समस्या सिर्जना गरेकाले प्रशासनले पनि २०७४ साल असारमा ढुंगा उत्खननमा रोक लगाएको थियो। 

ढुंगा खानी सञ्चालनका कारण वातावरण, प्राकृतिक श्रोत सम्पदामा नकरात्मक असर परेकाले नगरपालिकाले वातावरण प्रभाव मूल्यांकन र दर्ता प्रकृया पुरा गरेर मात्र खानी सञ्चालन गर्न भनेको थियो।

सो आसपासबाट निकालिएको ढुङ्गा र गिटी सदरमुकाम दिक्तेलमा निर्माणाधिन सरकारी भवन तथा व्यक्तिको घर निर्माणमा प्रयोग हुने गरेको छ। ढुंगा बिक्रीबाट खानी सञ्चालकले राम्रो आम्दानी गर्दै आएका छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App