१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

पहाडका केही भेगमा आंशिक बदली, टीकाको दिनसम्म अधिकांस भेगको मौसम सफा रहने

आज देशभरको मौसम समन्यतया सफा रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडका केही क्षेत्रमा भने आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका  एक दुई पहाडी स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।  

कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव महाशाखाले जनाएको छ। देशका अन्य बाँकी भेगमा पश्चिमी वायुको प्रभाव देखिन्छ । यी बाहेक अन्य भेगको मौसम समान्यतया सफा रहेको छ। दशैका मुख्य तीन दिन आज, भोलि र पर्सि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने पूर्वानुमान छ । 

प्रकाशित: २४ आश्विन २०८१ ०७:४७ बिहीबार

#mausam #weather