५ आश्विन २०८१ शनिबार
image/svg+xml

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ।

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ।

एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै

यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए।

अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्नुपर्छ : शिक्षाविद्

अध्यादेश जारी गरेर सबैको सहमतिमा एसईईलाई स्कूलमार्फत् नै गर्न दिन डा. कोइरालाले सुझाव दिए। ‘अबको शिक्षा ऐनमा एसईई परीक्षा खारेज गर्नेबारे लबिङ गर्न जरुरी भएको छ’ उनले भने।

एसइई: ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ।

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।

एसईईबारे चाँडै निर्णय गर्नेः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइई) र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गर्ने बताए।

औचित्यहीन एसइईको अन्त्य

विगतमा प्रवेशिका परीक्षाको लामो इतिहास बोकेर नेपालको समग्र शिक्षा प्रणाली अघि बढ्दै आएकामा अब विद्यालय शिक्षा १२ कक्षासम्म गाभिएपछि कक्षा १० बाट ११ मा भर्ना हुन औचित्यहीन भइसकेको एसइइ परीक्षालाई कहिलेसम्म घिसारिरहने ?

एसइई जेठमा, परीक्षा बोर्डले नै लिने

०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष चन्द्रमणि पौडेलकोअध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले एसइई परीक्षा जेठ १३ देखि असार २४ गतेसम्म सञ्चालन गरिने तय गरेको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाए ।

एसइईमा ३५ नम्बरमुनिका फेल हुने

दातृ निकायको इसारामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कार्यान्वयन गरिएको ५ नम्बर ल्याएर पास हुने अक्षरांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर थप खस्काएको निष्कर्ष निकाल्दै सरकारले हालको अक्षरांकन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । सो प्रणालीले विद्यार्थीले सैद्धान्तिक परीक्षामा ५ नम्बर ल्याए पास गराउने व्यवस्थाले विद्यालय शिक्षाको गुणस्तर झनै खस्केको निष्कर्ष सरकारले नै गठन गरेको समितिले निकालेको छ ।

एसइई परीक्षा र अगामी शैक्षिक सत्र जेठमा सर्न सक्ने

एकातिर कोरोना संक्रमणको उच्च जोखिम अर्कोतर्फ समयमा निर्णयको अभावका कारण २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) संचालनै अन्योल बनेको छ।

एसइईपछि अन्योलता : याे महामारीमा कुन विषय र कहाँ पढ्ने ?

कुन विषय पढ्दा रोजगारी पाइएला, भर्ना पाउने सम्भावना कति होला, राम्रो पढाइ र सुलभ वातावरण कहाँ होलाजस्ता प्रश्नमा कहाँ कसले उचित सल्लाह देला भन्ने अन्योलता सिर्जना भएको हो।

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास

एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्।

एसइई नतिजा सार्वजनिक : जिपिए विद्यालयबाटै

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)को नतिजा सार्वज्निक गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयहरुले बोर्डमा पठाएको विद्यार्थीहरुको आन्तरिक मूल्याँकनलाई प्रमाणीकरण गरी एसइईको नतिजा प्रकासित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्