coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई नतिजा सार्वजनिक : जिपिए विद्यालयबाटै

पुनर्योग तथा पुरक ग्रेडबृद्धि परीक्षा यस वर्ष नहुने

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)को नतिजा सार्वज्निक गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयहरुले बोर्डमा पठाएको विद्यार्थीहरुको आन्तरिक मूल्याँकनलाई प्रमाणीकरण गरी एसइईको नतिजा प्रकासित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।  

०७८ चैत्त ६ गते संचालन हुने एसइई परीक्षामा कुल ४ लाख २ हजारले परीक्षा फरम भरेका थिए । तर स्कुलहरुबाट प्राप्त भएको योग्य विद्यार्थीको सँख्या ४ लाख ७२ हजार ७ मात्र रहेको बोर्डले जनाएको छ ।  

‘बोर्डलाई  स्कुलहरुले आन्तरिक मूल्याँक गरी पठाएको  ४७२०७८ योग्य विद्यार्थीहरुको मूल्याँकनलाई बोर्ड बैठकले प्रमाणीकरण गरि नतिजा सर्वाजनिक गरेको हो,’सदस्य सविच अर्यालले नागरिकसँग भने‘यी विद्यार्थीहरुको जिपिए सार्वजनिक गरेको यस वर्षको एसइई परीक्षामा जिपिए खुलाएको छैन । ’उनले थपे‘केही दिनभित्र जिपिए प्रकाशित हुन्छ ।’उनका अनुसार यो वर्ष पुरक ग्रेडबृद्धि र पुनर्योग हुने छैन ।  

बोर्र्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीले आ–अनफनो परीक्षाको नतिजा विद्यालय बाटै लिने गरी बोर्डले नतिजा प्रिन्टि गर्ने काम मंगलबारदेखि सुरु गर्ने बताए । उनले विद्यार्थीले आ–आफनो जिपिए पनि विद्यालयबाटै थाह पाउने समेत जनाए ।  

‘देश भरिका १० हजार ४ सय १९ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने ‘सबै विद्यालयको आ–आफनै परीक्षा मूल्याँक रहेको छ । एकरुपाता नभएकोले जिपिए निकाल्न संभवै भएन ।’उनले थपे‘स्कुल र विद्यार्थीलाई आफनो नतिजा पहिल्यै छ । जिपिएको यस वर्ष अर्थनै भएन ।’

गत वर्षसम्म एसइई परीक्षाको संचालन, ब्यवस्थापन तथा नतिजा प्रकाशनसम्मको जिम्मेवारी बोर्डको थियो ।  चैत्र ६ गते परीक्षाको संचालनको सम्पूर्ण तयारी बोर्डले गरीसकेको भए पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तिम समयमा सरकारले एसइई स्थगित गरेको थियो ।

प्रकाशित: १ भाद्र २०७७ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App