५ आश्विन २०८१ शनिबार
image/svg+xml

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक

एसइई परीक्षा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको बताइएको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

एसइई र कक्षा ११ को परीक्षा शुल्क फिर्ता गर्न माग

कोरोना महामारीको बढ्दो जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र ११ को परीक्षा लिन सकेन। परीक्षा संचालन हुन नसेपनि स्कुलहरुले परीक्षा शुल्क वापत विद्यार्थीबाट उठाएको ५५ करोड ७८ लाख रकम बोर्डलाई बुझाइसकेका छन्। बोर्डले परीक्षा संचालन नगरेपछि रकम स्कुललाई फिर्ता गर्नु पर्ने स्कुल संचालकहरुको माग छ।

विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

‘विशेष गरी उपत्यकाका निजी विद्यालयले उल्टो नम्बर दिएर विद्यार्थीको विवरण भरेका छन्। ४८ को ८४, ४९ को साटो ९४ सम्म बनाउन भ्याएका छन्।’

एसइईमा ‘ए प्लस’ को प्रलोभन देखाई ११ मा भर्ना गर्न दबाब

उपत्यकाका निजी विद्यालयले आफ्नै विद्यालयको कक्षा ११ मा भर्ना गराए एसइईमा ‘ए प्लस’ आउने गरी नम्बर दिने भन्दै अभिभावकलाई प्रलोभन देखाउन थालेका छन्। विशेषगरी ललितपुर र काठमाडौंका नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई फोन गरेर वा विद्यालयमै भेट्न बोलाएर नानीबाबुलाई आफ्नै विद्यालयको ११ मा भर्ना गरे एसइईमा ‘ए प्लस’ दिने बताएको अभिभावकले गुनासो गरेका छन्।

जोखिममा एसइईको गरिमा

विगतका वर्षमा प्राथमिक तहमा उदार कक्षोन्नति (लिबरल प्रमोसन) का नाममा परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउने नीतिको हविगत टीठलाग्दो रहेको जगजाहेर नै छ । पाठ्यक्रमले तोकेको उद्देश्य प्राप्ति भए–नभएको भरपर्दो परीक्षाबाट मात्र खुट्याउन सकिन्छ । विभिन्न बहानामा परीक्षालाई नै फितलो बनाएर उच्च अंक ल्याएर धेरै विद्यार्थी पास भएको ग्रेडसिट दिनु भनेको सुन्निएर देखावटी मोटाउनु जस्तै नहोला भन्न सकिन्न ।

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी

कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

एसइईमा विद्यार्थीको मूल्यांकन तयार पार्न स्कुलनै अन्योलमा

२०७६ सालको माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसइईको अन्तिम मूल्याँकन गर्ने अधिकार स्कुलले पाएको छ। मन्त्रिपरिषदको जेठ २८ को निर्णयले यस वर्ष एसइई परीक्षा नलिने निर्णय गरे लगत्तै परीक्षाको अन्तिम मूल्याँकनको अधिकार स्कुलले पाएको हो।

एसइई खारेजी गर्न शिक्षा मन्त्रालयलाई शिक्षा समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै आवश्यक्ता नरहेकोले खारेजी गर्नु पर्ने निर्णय गरेको छ। समितिले एसइई सधैंकोलागि खारेजी गर्न शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

एसइईको लब्धांक असारमै

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको लब्धांक असारभित्र उपलब्ध गराउने तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस वर्षको परीक्षा नलिएर आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले असारभित्रै उपलब्ध गराउने तयारी थालेको हो ।

कक्षा ११ र १२ को परीक्षा हुन्छ, एसइई बारे एक हप्तामा निर्णय गर्छौं : शिक्षा मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन्।

‘एसइई खारेजी गरौं’

‘विद्यालय तह भनेकै कक्षा ८ र अन्तिम तह भनेको कक्षा १२ हो । यस्तो अवस्थामा बीचमा कक्षा १० को परीक्षा केन्द्रीय बोर्डले लिनुको कुनै औचित्य नै छैन ।’

अनिवार्य विषयमा एसइई संचालन गर्ने प्रस्ताव : राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पौडेल

निजी विद्यालयहरुले आन्तरिक मूल्याँकनकै आधारमा यस वर्षका  एसइई परीक्षार्थीहरुको प्रमाणिकरण माग गरिरहेको समयमा सरकारले एसइई परीक्षा संचालन शिक्षा ऐनमै ब्यवस्था भएकोले संचालनको विकल्प नरहेको स्पष्ट पारेको छ।

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ।

सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्