१४ भाद्र २०८३ आइतबार
image/svg+xml
बाबुकाजी कार्की


बाबुकाजी कार्कीका लेखहरु :

जलवायु कहर मानव बेघर

जलवायु परिवर्तनलाई प्रायः सोझै पर्यावरणको विषय मानिन्छ। यसलाई हिमनदी पग्लिनु, समुद्रको बढ्दो जलस्तर, तापमान वृद्धि अनि अनियमित वर्षाजस्तामा सीमित गरेर हेरिन्छ।

नैतिकताको नापजोख

प्रायः हरेक राजनीतिक चिन्तक जटिल समस्यालाई चिर्न नैतिक स्थितिलाई मुख्य मानकका रूपमा लिने गर्छन्। राज्य नैतिक मूल्यको सर्वोत्कृष्ट स्वरूप हो। व्यक्ति र समाजको हित तथा समानतामा हुने टकराव राज्यसँग बढी हुने गर्छ।

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!

नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।

रङ्गीविरङ्गी राजनीतिक नेतृत्व

राजनीतिक नेतृत्वले सर्वाधिक अर्थ राख्ने हुनाले रातोदिन यसै विषयमा चर्चा–परिचर्चा र तात्तातो बहसको अन्त्यहीन शृंखला जनमानसमा चलिरहनु खासै अतिशयोक्ति लाग्दैन।

यौन संयमता कि यौन स्वतन्त्रता?

उदार प्रजातन्त्रमा ‘एक पुरुष एक महिला’ विवाह मात्रै अस्तित्वमा रहन कठिन हुँदै गएको परिवेश छ तर एक मात्र वैवाहिक दाम्पत्यले विशेष मूल्य मान्यता राख्नुका साथै समाजमा परिवार व्यवस्था मजबुत हुन्छ भन्ने तर्क अनविनको छ।

भयावह विदेशमोह

नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।

जुक्तियुक्त रैथाने ज्ञानशक्ति

वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !

जलवायु परिवर्तनको चक्रब्यूहमा महिला

परम्परागत लैङ्गिक विभेद त छँदैछ त्यसमाथि पनि जलवायु परिवर्तनले महिलालाई अझै सामाजिक तथा आर्थिक प्रतिकूलतातिर धकेलिदिएको अध्ययनहरूमा देखिन्छ।

सन्निकट संकटका संकेत

अहिले एकप्रकारको सामाजिक सन्नाटा जो आँधी आउनुअघिको जस्तो देखिन्छ। त्यो जनअसन्तुष्टि/आक्रोशको धुवाँ पुत्पुताइरहेको आभास जनबोलीमा सुन्न पाइन्छ।

विश्वविद्यालय सेमेस्टर प्रणालीको औचित्य

शिक्षामा पठनपाठनका विभिन्न विधि÷आयाम विद्यार्थीको उन्नयन खातिर प्रयोग भएको पाइन्छ। जसलाई समयानुकूल परिमार्जन गर्दै लानु आवश्यक हुन्छ। यस लेख वर्तमानमा चलिरहेको जल्दोबल्दो शैक्षिक प्रणाली ’सेमेस्टर’ कै सेरोफेरोमा रहनेछ। जसले वार्षिक प्रणालीलाई लगभग किनारीकृत गरिसकेको छ।

गरिखाने शिक्षाको खाँचो

हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ। किनकि सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धति पुनरावलोकन गरिनुपर्छ।

जोखिममा एसइईको गरिमा

विगतका वर्षमा प्राथमिक तहमा उदार कक्षोन्नति (लिबरल प्रमोसन) का नाममा परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउने नीतिको हविगत टीठलाग्दो रहेको जगजाहेर नै छ । पाठ्यक्रमले तोकेको उद्देश्य प्राप्ति भए–नभएको भरपर्दो परीक्षाबाट मात्र खुट्याउन सकिन्छ । विभिन्न बहानामा परीक्षालाई नै फितलो बनाएर उच्च अंक ल्याएर धेरै विद्यार्थी पास भएको ग्रेडसिट दिनु भनेको सुन्निएर देखावटी मोटाउनु जस्तै नहोला भन्न सकिन्न ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्