५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ। ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो।

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’

सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ।

चैत मसान्तसम्म शैक्षिक संस्था बन्द हुने, एसइई परीक्षा नरोकिने

सरकारले माध्यमिक तथा विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैतडीमा एसइई परीक्षाको तयारी पूरा

बैतडीमा एसइई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। इकाइका सूचना अधिकारी पुष्कर शर्माका अनुसार २६ वटै केन्द्रमा केन्द्राध्यक्ष तोकि सकेको र अन्य तयारी पनि पूरा भएको छ। जिल्लामा नियमित तर्फ छात्र २ हजार पाँच सय ५३ र छात्रा २ हजार ६ सय ४५ गरेर ५ हजार एक सय ९८ परीक्षार्थी सहभागी हुँदैछन्।

खोटाङका २७ विद्यार्थी एसइई दिन अयोग्य

खोटाङका २७ विद्यार्थीले एसइई परीक्षा दिन नपाउने भएका छन्। रेगुलरतर्फ वर्षभर विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्र/छात्रा एसइई परीक्षा दिन नपाउने भएका हुन्।

जुम्लामा एसइईमा कडाई : परीक्षा हलमा मोबाइल निषेध

यही चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम तयारी भइरहेको छ। मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरीने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो।

हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित

बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन्। पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुन लागेको यसपटकको एसइई परीक्षामा कोरोना संक्रमणको सम्भावनालाई ध्यान दिई परीक्षार्थीबीच एक मिटरको दूरी कायम हनेगरी सिट व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको छ।

एसइईको नमूना परिक्षा लिँदै पञ्च मावि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले एसइईको पूर्वतयारीमा नमूना परिक्षा सुरु गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्दै एसइईमा हुने कठिनाई समाधानका लागि पञ्च माबिले नमूना परिक्षा सुरु गरेको हो।

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइईको तयारी

सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन्। उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन्।

गणित, विज्ञान र अंग्रेजीमा पुरानै गल्ती

साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात बर्से विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू विज्ञान र गणित विषयमा अपेक्षित लक्ष्यभन्दा कमजोर रहेको देखिएको छ। अधिकतर विद्यार्थीले विज्ञान र गणित विषयमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गरेका छन् भने अंग्रेजी विषयमा समेत विद्यार्थीको नतिजा ४० प्रतिशभन्दा मुनि रहेको छ।

एसइईपछिको यात्रा

म सानैदेखिको जिद्धी थिए । मलाई जुन चिज पनि चाइयो भनेपछि त्यो हुनैपथ्र्यो । सम्झाउन त सम्झाउनुभो, अपरिचित सहरमा आफैंले एक्लै बाँच्न गाह्रो हुन्छ तँलाई भनेर । तर म मा आफैं कमाउँछु, आफैं पढ्छु भन्ने जुन अठोट थियो, त्यही अठोटले नै जित्यो मलाई । आफ्नो जन्मभूमि भनेर के गर्नु मलाई घरमा बस्नै मन थिएन ।

विद्यार्थीभन्दा निरीक्षक धेरै

अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।

एसइईको ग्रेडवृद्धि परीक्षा शुरु

माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ।

सामुदायिक विद्यालयको स्तर घट्दै

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन भएको धेरै भएको छैन।उक्त परीक्षाको परिणाम हेर्दा सामुदायिक विद्यालयप्रतिको भरोसा हराएको छ। २०३८ सालदेखि सेती परियोजना हुँदै माध्यमिक शिक्षा विकास कार्यक्रमसम्म आइपुदा सबै तहका शतप्रतिशत शिक्षक तालिम प्राप्त छन्। सबै शिक्षक सम्बन्धित विषयमा एड (सिएड, बिएड,एमएड) वा सोसरह अध्ययन गरी तालिम लिएका छन्। शतप्रतिशत शिक्षकसँग अध्यापन अनुमतिपत्र छ। यति हुँदाहुँदै पनिगत असार १२ गते प्रकाशित २०७५ सालको एसइई परीक्षाको परीक्षाफललाई विश्लेषण गर्दा सामुदायिक विद्यालयको स्तर खस्कँदो छ। आखिर यस्तो किन हुन्छ ? विचारणीय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्