५ आश्विन २०८१ शनिबार
image/svg+xml

शैक्षिक सुधारमा स्थानीय तहको भूमिका

एसइई परीक्षाफल प्रकाशनसँगै बर्सेनि शिक्षकहरू आलोचनाको केन्द्र भागमा आइपुग्छन्। पढाएनन्, उच्च अंक आउने गरी विद्यार्थीलाई तयारी नै गराएनन्, राजनीति गर्छन्, काम नगरी तलब खान्छन्, योग्यता र क्षमतामा अब्बल छैनन् आदि आरोप शिक्षकलाई लाग्ने गर्छन्। एसइई नतिजा खस्कनुमा शिक्षा मन्त्रालय, शिक्षा नीति तथा प्रणाली सँगसँगै शिक्षाका पदाधिकारी, शिक्षण संस्थाको भौतिक अवस्था, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकलगायत विविध पक्षको उत्तिकै भूमिका हुँदाहुँदै शिक्षकलाई मात्र दोष दिनु उपयुक्त त होइन, तर शैक्षिक गुणस्तर सुधार्न विशेषतः शिक्षककै हात हुँदोरहेछ भन्ने प्रमाण निजी विद्यालयका विद्यार्थीले हासिल गरेका उत्कृष्ट परिणामले देखाइरहेको छ।

अन्यौलमा करिश्मा

हालै एसइई परीक्षा उत्तीर्ण गरेकी अभिनेत्री करिश्मा मानन्धर अन्यौलमा छिन। एसइईपछिको उच्च शिक्षामा व्यवस्थापन र मानविकीमध्ये कुन संकाय पढ्ने भन्ने अन्यौलतामा रहेकी अभिनेत्री मानन्धरले पढ्ने कलेज भने टुँगो लगाइसकेकी छिन।

एसइईमा फेरि ३ लाख ६० हजारले जाँच दिन पाउने

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सि वा सिभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीको सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा लिनू भनी राष्ट्रिय परीक्षा बोर्डलाई असार २० गते निर्देशन दिएपछि एसइईका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले आफूले जिम्मेवारी वहन गर्न नसक्ने जनाउँदै शिक्षामन्त्री समक्ष लिखितपत्र बुझाएका छन् ।

मासिक सय रूपैयाँमा अध्ययन गरेर चार जिपिए

कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले चार जिपिए ल्याएकी छन्। शैक्षिक उपलब्धिका लागि महँगो स्कुलभन्दा मिहिनेत र विश्वास महत्वपूर्ण कुरा हो भन्ने प्रमाणित गरेकी छिन् प्रतिभाले, मासिक सय रूपैयाँमा पढेर चार जिपिए ल्याउन सफल भएर। अचेल कक्षा ११ र कक्षा १२ माध्यामिक शिक्षा भए पनि एसइईको मान्यता उत्तिकै भएकाले दिनरात मिहिनेत गरेको प्रतिभाले बताइन्।

पश्चिमेलीको मन जित्दै बुटवल–भैरहवाका उच्च मावि

कुनै समय थियो, एसएलसी वा एसइई परीक्षा सकिएलगत्तै बुटवल भैरहवाका नाम चलेका स्कुलका अब्बल भनिएका विद्यार्थी ब्रिज कोर्स पढ्ने बहानामा काठमाडौं हानिन्थे। रिजल्ट आउने बेला काठमाडांैका नाम चलेका कलेजमा भर्नाका लागि भनसुन सुरु हुन्थ्यो। काठमाडौंका टप भनिएका कलेजका सञ्चालकहरू आफैं उत्कृष्ट विद्यार्थी खोज्दै बुटवल आउँथे। तर, पछिल्लो समय यहाँको शैक्षिक माहोल फेरिएको छ। कक्षा ११ र १२ अध्ययनका लागि काठमाडौं जाने विद्यार्थीको संख्या जिल्लामा नगन्य छ। रुपन्देहीसँगै पश्चिम नेपालका विभिन्न जिल्लाका विद्यार्थी अभिभावकको रोजाइमा बुटवल, भैरहवाका कलेजहरू पर्न थालेका छन्। जसका कारण यहाँका माविहरूमा अहिले एसइई पास भएका विद्यार्थीको भर्नाका लागि भीड बढेको छ।

भर्नाअघि नै अन्याेल हटाउनु जरूरी

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ। यतिखेर साढे चार लाखभन्दा बढी विद्यार्थी आफूले प्राप्त गरेको नतिजा हातमा लिएर कक्षा ११ मा कहाँ कुन विषय लिएर पढ्ने भन्दै दौडधुप गरिरहेका छन्।

किन पढ्ने मानविकी र शिक्षा ?

एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा छन्। धेरै जिपिए ल्याउन सफल विद्यार्थी विज्ञान, व्यवस्थापन संकायमा भर्ना हुने तरखरमा छन् भने कमजोर विद्यार्थी मानविकी तथा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने योजनामा छन्। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वडिन पृथ्युचरण वैद्य राम्रो जिपिए ल्याउनेले विज्ञान र व्यवस्थापन र कमजोर विद्यार्थीले मानविकी, शिक्षाशास्त्र पढ्नुपर्छ भन्ने धारणा परम्परागत रहेको बताउँछन्। ‘यो मात्र संकाय छनोटको आधार हुनु हुँदैन,’ पूर्वडिन वैद्य भन्छन्, ‘यसमा धेरै तŒवहरू हुन्छन्, जसलाई गम्भीरतापूर्वक हेर्नैपर्छ।’

उच्च शिक्षाको खुड्किलो ‘आइटी’

एसइईको नतिजा सार्वजनिक भइसकेपछि विद्यार्थीमा अब के पढ्ने भन्ने कौतुहल बढेको छ। अहिले सूचना प्रविधिले मानिस घेरिएको छ। घरघरमा कम्प्युटर, हातहात ल्यापटप र स्मार्टफोन अहिलेको वास्तविकता हो। एसइई सकिनेबित्तिकै सूचना प्रविधिसम्बन्धी कुनै ठूलो कोर्स नभए पनि विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स अध्ययन गर्न सक्छन्।

‘कानुन’मा विद्यार्थी आकर्षण बढ्दो

एसइई पार गरेपछि कुन विषय पढ्ने भन्दै धेरैजना अलमलमा परिरहेका बेला केही विद्यार्थी भने निर्धक्क भएर कानुन विषय पढ्ने भनेर लागिपरेका भेटिन्छन्। अर्थात् अचेल कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।

रचनात्मक क्षमता विकास गर्न ए लेभल

एसइई पास गरेपछि कक्षा ११ र १२ पढ्ने कि ए लेभल वा प्राविधिक शिक्षा भन्नेबारे विगत केही वर्षयता विद्यार्थी, अभिभावक अन्योलमा पर्ने गरेका छन् । विद्यालयले पनि उचित परामर्श दिन नसकेको देखिन्छ । बढ्दो प्रविधि सँगसँगै आफ्ना बालबालिकालाई सक्षम भएको हेर्न चाहन्छन् अभिभावक । सबै कुरामा टाठो होस् भन्ने चाहन्छन् उनीहरू ।

मृत्युलाई जितेर सत्याको एसइईमा ‘ए प्लस’

मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधि पात्र बनेकी छिन्। मृत्युपछिको नयाँ जीवन स्थानीयको सहयोगबाट पाएकी हुन्। जसलाई उनी भग्वान मान्छिन्।

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।

एसइईको अनावश्यक उत्साह

एसइई परीक्षाफल प्रकाशन भयो। यो परीक्षाको परिणाम सहर बजारमा पढ्नेहरूमा ‘ए प्लस’ आउँछ कि आउँदैन भन्ने चिन्तन देखिन्छ। ए आउनु अब सामान्य हो रे ! त्यसभन्दा तलकाले धेरै फूर्ति लगाउने ठाउँ रहेनछ। यो नजिताबारे लेख्ने सोचेर किबोर्ड हेर्दै गर्दा एसइईको पूरा रूप के हो ? सम्झन खोजेँ। आएन। कोसिस गरेँ– स्कुल एक्जामिनेसन इभ्यालुएसन हुनुपर्ला भन्ने लाग्यो। विश्वास लागेन। गुगलको सहारा लिएँ– सेकेन्डरी एडुकेसन एक्जामिनेसन रहेछ। नेपाली अर्थ लगाउन खोजेँ– माध्यमिक शिक्षा परीक्षा। कक्षा ११ र १२ लाई उच्च माध्यमिक भनेपछि माध्यमिक परीक्षा ठीकै होला भन्ने लाग्यो। मेरो दिमागमा आज पनि यो एसएलसी परीक्षा नै हो।

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ। पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो।

'सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक 'हायर एन्ड फायर'को ब्यवस्था गर्नु पर्छ'

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्