५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुध्रिएन सरकारी शिक्षा

सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न मूल्यांकनमा अक्षरांकन पद्धति लागू गरी पासफेलको अवधारणा हटायो तर त्यसअनुसार शिक्षण विधि सुधार गर्न भने सकेन। शिक्षण सिकाइ प्रणालीमा सुधार ल्याउन नसक्दा अक्षरांकन पद्धति लागू भएको चार वर्ष बित्न लाग्दा समेत नतिजामा सुधार आउन सकेको छैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजाले अवस्था खासै सुधार हुन नसकेको देखाएको छ। नतिजाले सरकारी स्कुलका विद्यार्थीको स्तर त झनै कमजोर रहेको देखाएको छ।

सांसद, अभिनेत्रीलगायतको एसइईपछिको योजना, करिश्मा दोधारमा

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक भएसँगै उत्तीर्ण सांसद, अभिनेत्रीलगायतले एसइईपछिको विविध सपनाका सँगालेका छन्। यसवर्षको एसइईमा सहभागी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी बि ग्रेड र उनकी छोरी बिनु चौधरी बि प्लस ग्रेडसहित उत्तीर्ण भएका छन्। चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि बि प्लस ग्रेड ल्याएकी छन्।

एसइईपछिको अध्ययन

अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका धेरै उदाहरण छन्। त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्नेतर्फ सरकार र सरोकारवाला दुवै पक्षले समयमै उचित सल्लाह र सहयोग गर्नुपर्छ।

एसइईका सहभागीले टिएसएलसीमा भर्ना नपाउने

सिटिइभिटिबाट स्वीकृति लिएर नेपालमा साढे दुई दशकदेखि प्राविधिक स्वास्थ्यतर्फ १८ महिने टिएसएलसी पढाउने कलेजको नवीकरण रोकिएपछि सञ्चालकहरुले सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

जुत्ता सिलाएरै उच्च शिक्षा पढ्ने धोको

भेरीगंगा नगरपालिका–६ कि दीया गहतराजले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएकी छिन्। परीक्षापछिको खाली समयको सदुपयोग गर्दै उनी अहिले जुत्ता सिलाउने तालिम लिइरहेकी छन्। दीयाको घरको आर्थिक अवस्था कमजोर छ।

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने आदेश गरेको छ।

एनसेलकाे 'पहिलो सिम' एसइई दिएर बसेका विद्यार्थीलाई

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ। सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट हुने एनसेलले जनाएको छ।

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

परीक्षा अगावै प्रश्न पत्र वाहिरिए पछि स्थगित भएको प्रदेश–२ को एसइई परीक्षा शुक्रवारवाट पुनः सुचारु हुँदै छन्। यता परीक्षा पुनः सुचारु हुनु अगावै प्रहरीले प्रश्न पत्र प्रकरणका अभियुक्तहरुलाई पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन्। प्रश्न पत्रको गोपनियता र सुरक्षाको पुर्ण जिम्मेवारी प्रहरी माथि नै रहेका कारण प्रश्न पत्र वाहिरिए पछि प्रहरी माथि ठुलो प्रश्न तेर्सिएको थियो भने अर्को तिर प्रदेश–२का झण्डै ७० हजार बढी बालबालिका समेत आन्दोलित रहेको अवस्था थियो।

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए।

प्रदेश २ काे एसइई परीक्षा चैत्र २२ देखि(तालिकासहित)

प्रदेश दुईमा चैत्र १४ गते माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) विज्ञान विषयको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएपछी राष्ट्रिय परीक्षा बोर्डले उक्त दिनको परीक्षा रद्द ग-यो । त्यसको भोलिपल्ट चैत्र १५ गते हुने निश्चित भएको अनिवार्य समाजिक विषयको प्रश्न पत्र पनि १४ गतेको रात बाहिरिएको सूचना प्राप्त भएपछि विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलेलले मन्त्रिस्तरीय निर्णयबाट १५ देखि र बाँकी रहेको सबै विषयका परीक्षा स्थगित गरे ।

कसरी बाहिरियो प्रश्नपत्र ?

यतिबेला मुलुकभर एसइई परीक्षाको चटारो छ। देशका ७७ जिल्लामा कायम गरिएका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमार्फत ४ लाख ७५ हजार ३ विद्यार्थी एसइई परीक्षामा सहभागी भइरहेका छन्। पहिले विकास क्षेत्रअन्तर्गत प्रश्नपत्र हुने गरेकामा मुलुक संघीयतामा प्रवेश गरेसँगै पहिलोपटक यस वर्षदेखि एसइईको प्रश्न प्रदेशगत रूपमा अलग–अलग बनाइएका छन्। सात प्रदेशमा सात किसिमका प्रश्नपत्र पठाइएका छन्।

सुरक्षाकर्मी–विद्यार्थी झडप

एसइई स्थगित गरेको विरोधमा शनिबार बारामा प्रदर्शनमा उत्रेका परीक्षार्थी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका कारण जितपुर बजार बिहान आठदेखि १२ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमबहादुर शाहीले बताए।

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन, झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

प्रदेश नं २ को एसइई परीक्षा स्थगित निर्णयको विरोधमा परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। लगातार प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रेका हुन्।

एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ।

दुई विषयको परीक्षा रद्द भएपछि विभिन्न ठाउँमा प्रदर्शन

एसइईको दुई विषयको परीक्षा रद्द भएपछि रौतहटका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। बिहीबार बिज्ञान विषय र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्