५ आश्विन २०८१ शनिबार
image/svg+xml

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र पहिल्यै बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। एसइई अन्तर्गत आज शुक्रबार हुने उक्त अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएपछि नियमिततर्फको परीक्षा स्थगित भएको हो।

जुम्लाका एसइई केन्द्रमा अभिभावकको दबाव हट्दै

जुम्लामा एसइई परिक्षा केन्द्र बाहिर अभिभावकको भीडभाड लाग्ने क्रम हटेको छ। गुणस्तरीय शिक्षा र एसइई परीक्षाको महत्वका बारेमा सचेत हुन थालेपछि परिक्षा केन्द्र बाहिर दबाव र प्रभाव पार्ने कार्य निरुत्साहित बन्दै गएको हो।

एसइई दिँदै डिफेन्डर चौधरी

नेपाली राष्ट्रिय फुटबल टिमका सेन्टर डिफेन्डर आदित्य चौधरी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७५ दिइरहेका छन्।

एसइई परीक्षा: भाइवर, म्यासेन्जर र शौचालयबाट चिट

माध्यमिक शिक्षा परीक्षा(एसइई) मोवाइलको प्रयोग मार्फत चिट चोराउने गरेको खुलेको छ। यहि चैत १० गतेदेखि सुरु भएको परीक्षामा परीक्षार्थीलाई म्यासेन्जर भाइबरबाट चिट चोराउने गरेको गुनासो आएपछि यस्तो खुल्न आएको हो।

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ। जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ। हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए।

६७ वर्षीय युगमाया नातिसँगै एसइई दिँदै

ओखलढुंगाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिँदै छिन्। युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा (नाति) सँगै उत्प्रेरणा महिला माधानगर काठमाडौंबाट नियमित विद्यार्थीका रूपमा एसइई परीक्षा दिँदै छिन्।

काँडेतार र पर्खालले छेकेन परीक्षा

चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।

कम हुँदै एसइई त्रास, पहिलो दिन शान्तिपूर्ण

आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा केही छिटपुट घटनाबाहेक सातै प्रदेशमा मर्यादित रुपमा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आइतबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भयो। बोर्डका अनुसार प्रदेश सरकार र राष्ट्रिय परीक्षा बोर्डले अब विद्यार्थीमा एसइई परीक्षा सहज बन्दै गएको बताएका छन्। यस वर्ष एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले गरेको छ।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

१४ विद्यार्थी एसइई दिन अयोग्य

जिल्लाका १४ विद्यार्थीले एसइई दिन नपाउने भएका छन् । रेगुलरतर्फ वर्षभरि विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्रछात्रा एसइई दिन नपाउने भएका हुन्।

एसइई परीक्षाको तयारी पूरा, ४ लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

गाउँपालिकाबाट ‘ट्युसन फी’ पाउँदा विद्यार्थी खुसी

चैतमा सञ्चालन हुने एसइईको तयारीमा विद्यार्थी जुटिरहेका छन्। कतिपय विद्यार्थी विद्यालयबाहिरै अंग्रेजी, विज्ञान र गणित विषयका ‘ट्युसन’ पढिरहेका छन्। विद्यालयमा ट्युसन कक्षा सञ्चालन नहुँदा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू अन्यत्र गई पढ्न सकिरहेका छैनन्।

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ। मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्