६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

डोल्पा– यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

यो वर्ष सरस्वती मावि दुनै, आर्दश मावि जुफाल, जनप्रभा माबि लिकु र त्रिपुरा साधारण तथा प्राविधिक मावि काईगाउ गरेर चार वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले बताए।

इकाई प्रमुख डाँगीका अनुसार सरस्वती मावि दुनै परीक्षा केन्द्रमा ११६ छात्र र ९८ छात्रा गरेर २१४, आर्दश माबि जुफाल केन्द्रमा ८२ छात्र र ६९ छात्रा गरी १५१, जनप्रभा माबि लिकु केन्द्रमा ७८ छात्र र छात्रा ६३ गरी १४१ र त्रिपुरा साधारण तथा प्राविधिक मावि काइगाउँ परीक्षा केन्द्रमा ६७ छात्र र ६९ छात्रा गरेर १३६ परीक्षार्थी सामेल हुने गरी ब्यवस्थापन गरिएको हो।

जसमा यो वर्ष ग्रेड बृद्वि परीक्षाको लागि छात्रातर्फ ५ र छात्रतर्फ ६ गरेर ११ जना परीक्षार्थी सामेल हुने छन्।
यसैगरी सरस्वती मावि दुनै परीक्षा केन्द्रको लागि केन्द्राध्यक्ष सत्यनारायण सिंह, आदर्श मावि जुफाल केन्द्रको लागि केन्द्राध्यक्षमा पूर्णबहादुर डाँगी, जनप्रभा मावि लिकु परीक्षा केन्द्रको लागि यामप्रसाद शर्मा गौतम र त्रिपुरा साधारण तथा प्राबिधिक माबि काईगाउँ परीक्षा केन्द्रको लागि जयबहादुर बस्नेत केन्द्राध्यक्ष तोकिएका छन्।

परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउनको लागि प्रति परीक्षा केन्द्रमा १५ जनाका दरले ६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

सबै परीक्षा केन्द्रको लागि आबश्यक पर्ने प्रश्नपत्र र सहायक केन्द्राध्यक्ष समेत तोकेर सम्बन्धित केन्द्रमा पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले बताए।

पछिल्लो समयमा जिल्लामा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रत्येक परीक्षा केन्द्रमा आबश्यक मोबाइल सुरक्षा गस्तीको समेत ब्यवस्था गरिएको छ। 

प्रकाशित: ६ चैत्र २०७५ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App