११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पाखुरा बटारेर सत्याग्रह हुन्छ? : अाेली (भिडियाे)

सोमवार काठमाडौमा आयोजित ४० औं पुष्पलाल स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘डा.केसी जुम्लाको कभर्ड हलमा ४ दिन अनशन बसेपछि अस्पताल लगिएको हो। त्यहाँ स्वास्थ्य बिग्रीयो भनेपछि काठमाडौ ल्याइएको हो। उहाँ जुम्लामा पनि अस्पतालमा, काठमाडौ ल्याएपछि पनि अस्पतालमै हुनुहुन्छ।’

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

बुटवल ट्राफिकचौकमा उभिएर साहित्यकार गिरी श्रीसले यो कविता वाचन गरेपछि शुरु भयो, समाजवाद उन्मुख स्वास्थ्य शिक्षा नितिका लागि सडक कविता। डा. गोविन्द केसीको जीवन रक्षा गर्न र संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ताको माग सहित बुटवलमा साहित्यकारले आईबार सडक कविता वाचन गरे। डा.केसीको सत्याग्रह गरिब आम नेपालीको पक्षमा भएको भन्दै कविता मार्फत वुटवलको सडकबाटै सरकारलाई खबरदारी गरेका हुन।

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

डा. केसी, गंगामाया र सत्याग्रह

हिजोआज ‘सत्याग्रह’ शब्द निकै प्रचलनमा आएको छ । बृहत्तर हितका लागि अहिंसाको माध्यमबाट सत्य र न्यायको खोजी गर्ने ‘सत्य–शक्ति’को औजारका रूपमा विश्वभर यो प्रयोग भएको पाइन्छ । महात्मा गान्धीजीले दक्षिण अफ्रिकामा रहँदा सन् १९०६ मा यस अवधारणालाई आत्मसात् गरेको भेटिन्छ । त्यसबेला एसियाका बासिन्दा लक्षित बेलायती उपनिवेश शासनले विभेदकारी कानुन पारित गरेपछि उनमा विरोधको यो शैली र सोचको बीजारोपण भएको बताइएको छ । होला कि, यसको पहिलो प्रयोग आजभन्दा सय वर्ष अघि (सन् १९१७ अप्रिलमा) भारत बिहारको पूर्वी चम्पारनमा किसानले भोगेको ‘नीरखेती’ अन्यायविरुद्घ भएको देखिन्छ ।

सत्याग्रह र क्रान्ति

सत्तासीन पार्टीका एकजना पूर्वमन्त्रीले आफ्नो ट्विटमा अत्यन्त घटिया र छाडा भाषामा गोविन्द र उनका समर्थकलाई गाली गरे । तर के कुरा बुझ्न उनी मानिरहेका छैनन् भने उनीजस्तै ‘नेता’ हरू भ्रष्ट नभइदिएको भए, दिशाबिहीन नभइदिएको भए, एउटा सर्जनले यो सत्याग्रह गरिरहनुपर्ने नै थिएन ।

सत्याग्रह र केही सवाल

मानौँ, यो सत्याग्रह केसी एक जनाको मात्र हो रे । के यो अवस्थामा लोकतन्त्र बहसमा तानिँदैन ? के एक नागरिकको आवाजलाई लोकतन्त्रमा गौण ठानिन्छ ?

डा. केसीद्वारा पुन: सत्याग्रहको चेतावनी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा डा गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि तीन हप्ताको समय दिएका छन्।

सत्याग्रहको मूल्य

सत्याग्रह कहिल्यै समाप्त हुँदैन। सत्य, न्याय, समानता, प्रगति, स्वतन्त्रताप्रतिको समर्पण हो सत्याग्रह। कहिले अन्त्य हुन्छ र त्यसको? एकचोटि सगरमाथा चढेर कीर्तिमान राख्नेजस्तो कुरा हुँदै हैन सत्याग्रह।

नत्र नवौं सत्याग्रह : डा. केसी

चिकित्सा शिक्षाभित्रका बेथितिविरुद्ध लड्दै आएका डा. गोविन्द केसीले दसैंअघि आफ्ना माग पूरा नभए पुनः सत्याग्रहमा फर्कने घोषणा गरेका छन्। आठौं पटक सत्याग्रहमा रहँदा सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यसका लागि कुनै पहल नगरेकाले पुनः सत्याग्रहमा फर्कनुपर्ने अवस्था आएको उनले बताए।

डा. केसीले भने– 'माग पूरा नभए फेरि सत्याग्रह गर्छु'

त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहाेर्याएका छन्।

'सम्झौता पूरा नगरे नवौं सत्याग्रह'

चिकित्साशिक्षाका विकृतिविरुद्ध आठपटकसम्म आमरण अनशन बसिसकेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नवौं अनशनको चेतावनी दिएका छन्। पछिल्लो अनशनको महिनादिन नाघ्न लाग्दासमेत सरकारले सम्झौता कार्यान्वयन नगरेको उनको गुनासो छ।

सत्याग्रही केसी सडकमा

आठपटक आमरण अनशन बस्दा पनि माग सुनुवाइ नभएपछि मेडिकल शिक्षा क्षेत्रका विकृतिविरुद्ध लड्दै आएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अभियानको नेतृत्व लिँदै सडकमा आएका छन्।

सत्याग्रह, सत्ता र सकस

सोमबार राजनीतिक, सामाजिक तथा जनहितका तीनवटा सन्दर्भ एकै पटक सतहमा आए। सामाजिक अभियन्ता डा. गोविन्द केसीको १६ दिन लामो आमरण अनशनको पटाक्षेप, केपी शर्मा ओलीको सत्ता बहिर्गमन र नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको माओवादीको नेपाल बन्दको सकस।

सत्याग्रहमा हजारौं

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै हजारौं सर्वसाधारण स्वस्फूर्त रुपमा सडकमा उत्रिएका छन्। अनशनको चौधौं दिनसम्म सरकारले माग पूरा नगरेको र अनशन टुंग्याउन उदासीन देखिएको अवस्थामा डा.केसीको मागप्रति ऐक्यबद्धता बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्