'सत्याग्रहीलाई बचाऔं'
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित कम्युनिस्ट नेता मनमोहन अधिकारीको नाम विवादमा नआउने गरी डा. गोविन्द केसीका माग सम्बोधन गर्न सुझाएकी छन्। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा स्थापना गर्न लागिएको चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधयेकले सम्मानित नेताको नाम र सम्मानमा असर पारेको भन्दै राष्ट्रपतिले त्यसतर्फ ध्यान दिएर समस्याको निकास दिन विभागीय मन्त्री र सचिवलाई सुझाव दिएकी हुन्।