१९ वैशाख २०८१ बुधबार
image/svg+xml

कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।

दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना नियन्त्रणमा

युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन महिने छोराको हत्या आरोपमा ११ वर्षपछि बाबु पक्राउ

छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि सुनसरी प्रहरीले भोक्राहा–नरसिंहका एक जना पुरुषलाईं पक्राउ गरेको छ।

महिला हत्या आरोपमा युवक पक्राउ

उदयपुरमा महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। शनिबार विहान धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया डोरकुमारी राउतको हत्या अभियोगमा कटारी नगरपालिका ११ का रोशन मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पाँच जना पक्राउ

चारदिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

भान्जाको हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

हत्या आरोपमा श्रीमान र नन्द पक्राउ

सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रुपन्देहीको कान्छी बजारमा पाँच जनाको बिभत्स हत्या

रुपन्देहीको तिलोत्तमा गएराती पाँच जनाको बिभत्स हत्या भएको छ । तिलोत्तमानगरपालिका–१० स्थित कान्छी बजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजार स्थित मैनहवामा रहेको रामबहादुर पुन र कृष्ण बहादुर पुनको गाइ फार्ममा काम गर्ने तीन जना सहित मैनहवाकै अन्य दुई जना युवकको गाइ फार्म भित्रै गएराती हत्या भएको प्रहरीले जनाएको छ ।

पन्छियो मानव अधिकार आयोग, पक्राउ परेका वडाध्यक्ष रिहा

शनिबारको घटनामा संलग्न भएको भन्दै पक्राउमा परेका चौरजहारी–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सुष्मा मल्ल र उनका बुवा, आमालाई प्रहरी छाडिदिएको छ । सामान्य सोधपुछका लागि ल्याइएको र पक्राउ नगरेको भन्दै प्रहरीले उनीहरूलाई छाडिदिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्