८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच जना पक्राउ

चारदिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  

भोक्राहा नरसिंह–७ का २१ वर्षीय गुणनन्द यादवको हत्या गरेको आरोपमा सोही ठाउँका युवा पप्पु राम, दिपक यादव, प्रदिप राम, शिवकुमार मेहता र दिनेश मेहतालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पाँच जनाले गुणनन्दको कुटपिट पछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।  

साउन २९ गते गुणनन्द दिउँसो ४ बजे उनको इनरुवामा रहेको मोबाइल पसलमा काम छ भन्दै उनका साथी शिवकुमारसँग घरबाट गएका थिए । बेलुका ७ बजेसम्म नजिकै रहेको पारिजात स्कुल छेउमा दुईजनालाई रक्सी खाएका थिए । त्यपछि इन्द्रजितको घरमा पु-याएर शिवकुमार फिर्ता आएको प्रहरीले बताएको छ । गुणनन्द इन्द्रजितको घरमा केहीबेर बसेर घरतर्फ गएका उनको शव भोलिपल्ट स्थानीयले धानखेतमा फेला पारेका थिए । त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले पक्राउ परेका युवाहरूले नै हत्या गरेको पुष्टि गरेको छ । हत्या गरेपछि दिनेशले नजिकै रहेको गोरू गडामा प्रयोग हुने बास ल्याएर मृतकको टाउँमा प्रहार गेको र शिवकुमारले गोरू गडाकै डोरीले घाटीमा बाँधेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्या गर्ने क्रममा प्रदिप, पप्पु र दिपकले मृतकको हात र खुट्टा बाँधेर कुटपिट गरेको उनीहरूले स्वीकार गरेका छन् । 

प्रकाशित: ३ भाद्र २०७७ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App